मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दक्षिण रोल्पामा बालविवाहको दर घट्दै

७ मंसिर २०७३, मंगलवार ०६:५०


मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो ।

जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो ।

सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द्र, रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

ती गाविसमा सानै उमेरमा विवाह गर्ने तथा रोजगारीका लागि इँटाभट्टामा काठमाडाँ जानेको सङ्ख्या अधिक रहेकाले तीनवर्षअघि बालविवाह र बालश्रम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

गाविसस्तरमा सचेतनामूलक कार्यक्रम, घरदैलो भेटघाट, सार्वजनिक सुनुवाइ तथा वैकल्पिक शिक्षा एवम् जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरिएका कारण सो दर घटेको हुरेक, रोल्पाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिए ।

बीचमा पढाइ छाडेका ३५१ जना बालबालिकालाई १०० दिनको वैकल्पिक कक्षामार्फत विद्यालय भर्ना गरिएको पोख्रेलले बताए । उल्लेखित गाविसमा ४५४ जना बालश्रमिक रहेकोमा १४३ जनालाई पुनःस्थापना गरिएको समेत उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो