2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हाटबजार व्यवसायीद्वारा बुटवलमा रक्तदान

मङ्सिर ७, बुटवल । हाटबजार व्यवसायी संघ जिल्ला कार्य समिति, रुपन्देहीले मंगलबार बुटवलमा रक्तदान गरेको छ । 

संघको दशौं स्थापना दिवसको पूर्वसन्ध्यामा गरिएको रक्तदान कार्यक्रमा ४५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल स्वमसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले व्यवसायिक संघ संस्थाले नियमित रुपमा रक्तदान गरे यस क्षेत्रमा बढदो रगतको मागलाई पूरा गर्न सकिने बताए ।  

त्यस्तै संघका अध्यक्ष टेकबहादुर जिसीले रक्तदान जीवनदान भन्ने भावनका साथ आफूहरुले नियमित रक्तदान गर्दै आएको बताए । संघ १८ पटक रक्तदान गरेको छ । संघकका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष छविलाल चापागाईको स्वागत र महासचिव नेत्रप्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । 

संघका विभिन्न समयमा अनाथ आश्रमलाई सहयोग, खाद्यान्न वितरण समेत गरेर आफूलाई समाजमा स्थापित समेत गरेको छ । संघको स्थापना दिवसमा यही मंसिर १९ गते रहेको छ । 

सोही दिन पनि संघले विभिन्न रचतात्मक कार्यक्रम गरी मनाउने बताएको छ । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष भीमलाल ज्ञवाली लगायतले सबै  शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई