२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा घुम्ती अनुशिक्षण गर्दै प्रहरी

२०७३, ७ मंसिर मंगलवार ०७:३१

मङ्सिर ७, रोल्पा । समाजमा हुने घटना सफलताका साथ अनुसन्धान गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धानसम्बन्धी घुम्ती अनुशिक्षण तालिम सञ्चालन गरेको छ । 

जिल्लामा कार्यरत प्रहरी हवल्दार तथा जवानका लागि आयोजित छदिने सो तालिममा लागुऔषध नियन्त्रण, बालविवाह र बहुविवाह न्यूनीकरण, जबर्जस्ती करणी, चोरी तथा हत्या जस्ता फौजदारी कानुनसम्बन्धी अनुसन्धानको ज्ञान हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 

यही मङ्सिर २ गतेदेखि सुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने छ । हरेक चरणमा १२ हवल्दार र २५ जवानको सहभागिता रहने बताइएको छ ।

विगतमा मुद्दा हेर्ने प्रहरी कर्मचारीलाई मात्र सो तालिम दिइँदै आएकामा यस पटकदेखि भने अन्य प्रहरी कर्मचारीलाई पनि सो तालिम दिन लागिएको जनाइएको छ । 

तालिमले जिल्लाको अपराध अनुसन्धानमा सहयोग गर्ने अपेक्षा गरिएको छ । तालिम प्रशिक्षकका रुपमा प्रहरी नायब निरीक्षक नीलकण्ठ ढकाल र प्रहरी सहायक निरीक्षक भाष्कर चन्द रहनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन