गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् "/>

2026-06-19 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्नेमा जोड

2016-11-22


गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् । 

विशेष कामले सुर्खेत आईपुगेकी पोखरेलले जिल्ला शिक्षा कार्यालय सुर्खेतमा पत्रकारहरुसंगको भेटघाटमा अहिलेको पुस्ताले गुणस्तरको खोजीमा रहेको बताउदै सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नु आजको आबश्यक्ता भएको बताएकि छन् । निजि बिद्यालयमा लगानी गरेरै भएपनि स्तर उन्नती तर्फ ध्यान जानु जरुरी रहेको जानकारी दिईन् । 

नेपालको शिक्षामा मात्रै थुप्रो रकम विनियोजन भएपनि कहाँ कसरी खर्च हुन्छ भन्ने नै जानकारी हुने गरेको छैन । शिक्षा क्षेत्रमा मात्र बर्षेर्नी कुल बजेटको १७÷१८ प्रतिशत रकम विनियोजन हुन्छ । सरकारी सेवा लिएका बिद्यालयले कम  गुणस्तर दिईरहेको तर निजि स्तरका बिद्यालयको तुलनामा कम गुणस्तर रहेको गुनासो आएका हुन्छन् । 

अविभावकको बिद्यालयप्रतिको दायित्व कम भएर पनि स्तर माथि उठ्न नसेकेको हो कि भन्ने आशंका उपसचिव पोखरेलको रहेको छ । बिद्यालयलाई आफ्नै घर सम्झेर रेखदेख गर्नुपर्ने, नियमित मुल्याङ्कन गर्नुपर्ने, खबरदारी गर्नुपर्ने र आबश्यक सल्लाह दिनुपर्ने कर्तव्यबाट अविभावक पन्छिएको उनले आरोप लगाईन् । 

उच्च तहको शिक्षा हाँसिल गरेका ब्यक्ति बिदेशी भुमीमा गएर कुल्लीको काम गर्नुपरेको अबस्था रहेको छ । ब्यवहारीक र नैतिक ज्ञानको कमीले गर्दा देशको लागी जनशक्ति, बिदेशको लागी कुल्ली भएको उनले बताईन् । राष्ट्रको आबश्यक्रा पहिचान गरी शिक्षामा परवर्तन गर्नुपर्ने आजको आबश्यक्ता देखिएको छ । 

आधारभुत तहबाटै प्राविधिक तथा ब्यवसायिक शिक्षाको ब्यवस्था हुनुपर्ने र अधिक मात्रामा प्रयोगात्मक शिक्षण बिधि अपनाउनुपर्ने उप सचिव पोखरेलले बताईन् । बिद्यार्थीको चाहाना विपरित सिकाई गर्दा गणस्तर हुन नसक्ने उदाहरण दिदैं बावुआमाले सिक्ने कुनै मौका नदिएको बताईन । आधारभुत तहबाटै प्राविधिक तथा ब्यवसायिक शिक्षाको ब्यवस्था हुनुपर्ने र अधिक मात्रामा प्रयोगात्मक शिक्षण बिधि अपनाउनुपर्ने उप सचिव पोखरेलले बताईन् । आफैले काम गरेर म बाँच्न सक्छु भन्ने खालको शक्ति अविभाबकले नै मारेको उनको आरोप छ । 

आफैले जानेर, बुझेर, नघोकिकन ६०÷७० प्रतिशत ल्याउनु र घोकेर, ९० प्रतिशत ल्याउनु कुनै प्रगती नभएको बताईन् । राष्ट्रको आबश्यक्रा पहिचान गरी शिक्षामा परवर्तन गर्नुपर्ने आजको आबश्यक्ता देखिएको छ । अहिलेको समयमा निजि बिद्यालयले गर्दा नेपाली भाषा उच्च जोखिममा रहेको छ । 

अंग्रजीमा सहजै बोल्न सक्ने बिद्यार्थीले एउटा नेपाली शब्दको अर्थ बताउन नसक्ने अबस्था रहेको सहभागीको भनाई थियो । बिद्यालयमा पढाइएका कुरा सैद्धान्तिकमा मात्र सिमित हुने गरेको भन्दै सहभागीले ब्यवहारिक र नैतिक ज्ञानलाई जोड दिनुपर्ने सुझाव दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ