गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्नेमा जोड

७ मंसिर २०७३, मंगलवार १६:०१


गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । शिक्षा मन्त्रालयका उप सचिव तथा सुचना अधिकारी सरस्वती पोखरेलले सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नुपर्ने बताएकी छन् । 

विशेष कामले सुर्खेत आईपुगेकी पोखरेलले जिल्ला शिक्षा कार्यालय सुर्खेतमा पत्रकारहरुसंगको भेटघाटमा अहिलेको पुस्ताले गुणस्तरको खोजीमा रहेको बताउदै सामुदायिक बिद्यालयको स्तर उन्नती गर्नु आजको आबश्यक्ता भएको बताएकि छन् । निजि बिद्यालयमा लगानी गरेरै भएपनि स्तर उन्नती तर्फ ध्यान जानु जरुरी रहेको जानकारी दिईन् । 

नेपालको शिक्षामा मात्रै थुप्रो रकम विनियोजन भएपनि कहाँ कसरी खर्च हुन्छ भन्ने नै जानकारी हुने गरेको छैन । शिक्षा क्षेत्रमा मात्र बर्षेर्नी कुल बजेटको १७÷१८ प्रतिशत रकम विनियोजन हुन्छ । सरकारी सेवा लिएका बिद्यालयले कम  गुणस्तर दिईरहेको तर निजि स्तरका बिद्यालयको तुलनामा कम गुणस्तर रहेको गुनासो आएका हुन्छन् । 

अविभावकको बिद्यालयप्रतिको दायित्व कम भएर पनि स्तर माथि उठ्न नसेकेको हो कि भन्ने आशंका उपसचिव पोखरेलको रहेको छ । बिद्यालयलाई आफ्नै घर सम्झेर रेखदेख गर्नुपर्ने, नियमित मुल्याङ्कन गर्नुपर्ने, खबरदारी गर्नुपर्ने र आबश्यक सल्लाह दिनुपर्ने कर्तव्यबाट अविभावक पन्छिएको उनले आरोप लगाईन् । 

उच्च तहको शिक्षा हाँसिल गरेका ब्यक्ति बिदेशी भुमीमा गएर कुल्लीको काम गर्नुपरेको अबस्था रहेको छ । ब्यवहारीक र नैतिक ज्ञानको कमीले गर्दा देशको लागी जनशक्ति, बिदेशको लागी कुल्ली भएको उनले बताईन् । राष्ट्रको आबश्यक्रा पहिचान गरी शिक्षामा परवर्तन गर्नुपर्ने आजको आबश्यक्ता देखिएको छ । 

आधारभुत तहबाटै प्राविधिक तथा ब्यवसायिक शिक्षाको ब्यवस्था हुनुपर्ने र अधिक मात्रामा प्रयोगात्मक शिक्षण बिधि अपनाउनुपर्ने उप सचिव पोखरेलले बताईन् । बिद्यार्थीको चाहाना विपरित सिकाई गर्दा गणस्तर हुन नसक्ने उदाहरण दिदैं बावुआमाले सिक्ने कुनै मौका नदिएको बताईन । आधारभुत तहबाटै प्राविधिक तथा ब्यवसायिक शिक्षाको ब्यवस्था हुनुपर्ने र अधिक मात्रामा प्रयोगात्मक शिक्षण बिधि अपनाउनुपर्ने उप सचिव पोखरेलले बताईन् । आफैले काम गरेर म बाँच्न सक्छु भन्ने खालको शक्ति अविभाबकले नै मारेको उनको आरोप छ । 

आफैले जानेर, बुझेर, नघोकिकन ६०÷७० प्रतिशत ल्याउनु र घोकेर, ९० प्रतिशत ल्याउनु कुनै प्रगती नभएको बताईन् । राष्ट्रको आबश्यक्रा पहिचान गरी शिक्षामा परवर्तन गर्नुपर्ने आजको आबश्यक्ता देखिएको छ । अहिलेको समयमा निजि बिद्यालयले गर्दा नेपाली भाषा उच्च जोखिममा रहेको छ । 

अंग्रजीमा सहजै बोल्न सक्ने बिद्यार्थीले एउटा नेपाली शब्दको अर्थ बताउन नसक्ने अबस्था रहेको सहभागीको भनाई थियो । बिद्यालयमा पढाइएका कुरा सैद्धान्तिकमा मात्र सिमित हुने गरेको भन्दै सहभागीले ब्यवहारिक र नैतिक ज्ञानलाई जोड दिनुपर्ने सुझाव दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ