मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर ग"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा. पुरीको अभियान एक बोट कागती र एक बोट हिउँदे सिमी

मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर गाउँ गाउँ डुल्दै छन् ।
    फेरि उनको अभियान समाजको रुपान्तरण र विकास गर्ने छ । प्रत्येक एक घरमा एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिई समाज रुपान्तरण र विकासको अभियान लिएर हिड्ने व्यक्ति हुन् डा.लक्ष्मण पुरी । प्राकृतिक चिकित्सक पुरी पुराना वामपन्थी राजनीतिक व्यक्तित्व समेत हुन् ।
    डा. पुरी प्रकृति मानव प्रेमी समाज नेपाल नामक संस्था मार्फत् आफ्नो अभियानलाई अगाडि बढाउदै छन् । उनको संस्थाको मूल नारा नै आजको आवश्यकता प्रकृति मानव हितैषी स्वास्थ्य व्यवस्था भन्ने छ । किन यस्तो एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर हिड्दै हुनुहुन्छ भन्ने प्रश्नमा सामाजिक अभियन्ता डा.पुरी भन्छन्(‘राजनीतिक नेतृत्वले ठुला ठुला विकासका नारा र सपना लिएर जनताको भोट माग्न गाउँ छिरे तर केही गरेनन् । ठुला नारा र सपना भन्दा पनि सानैबाट समाजको रुपान्तरण गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।’ पर्वतका गाउँबाट     रोजगारका लागि खाडी जाने युवाहरुको ठुलो संख्या भएको र खेती योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई रोक्न आफूले यस्तो अभियान लिएर हिडेको उनको तर्क छ । डा.पुरीले भने(‘यो अभियान सुन्नमा अचम्म भएपनि यथार्थमा यसले दिने सन्देश र व्यवहारिक फाइदा ठुलो छ ।’ ‘हिउँदे सिमी एक झाल मात्र भयो भने यसले दिने उत्पादनले सिंगो परिवारलाई वर्षभरि धान्दछ । कागतीको एक वोट राम्रोसँग जोगाउन सकियो भने पनि यसको लाभ बहुआयामिक हुन्छ ।
    यससँगै अन्य धेरै       कुराहरु गर्दै जान सकिन्छ ।’ भन्ने डा. पुरीको भनाई छ । खासगरी युवाहरुलाई गाउँमै कृषक उपजतिर व्यावसायिक रुपमा लाग्नुपर्छ भन्ने सन्देश आफ्नो अभियानको मूलमर्म भएको दावी उनको छ । युवाशक्तिलाई आहार, विहार र विचार सम्वन्धि सचेतना जगाउने भन्ने अभियन्ता डा. पुरीको अर्को उद्देश्य छ । यसका लागि उनको संस्थाले मुलुकका वाग्मती, राप्ती, नारायणी, गण्डकी र लुम्विनीका ३० भन्दा बढी जिल्लामा प्राकृतिक स्वास्थ्य योग र ध्यान सम्वन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिसकेको छ । पर्वत जिल्लाको सन्दर्भमा उनले पहिलो चरणमा विद्यालयका ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई समावेश गरी ‘नेचर हुमेन स्टुडेन्ट युथ क्लव’ गठन गर्ने छन् । यसका लागि स्थानीय साधन र स्रोतको परिचालन गरिने उनले बताए । समुदायबाट लिएर समुदायलाई नै देऊ भन्ने सिद्धान्त अनुसार क्रमश यो अभियान जिल्लाभरि लागू गर्दै जाने दावी सामाजिक अभियन्ता डा. पुरीको छ । जिल्ला विकास समिति पर्वतका पुर्व सदस्य समेत रहेका उनले वर्तमान विग्रदो प्राकृतिक, सामाजिक वातावरण र मानिस आफ्नै कारण विभिन्न खाले रोगबाट जीर्ण बन्दै गएको अवस्थामा आफ्नो अभियानले सकारात्मक परिणाम दिने विश्वास अभियन्ता डा.पुरीको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो