2026-06-20 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

एक्ला रामबहादुर खुट्टा काटिएपछि बेसहारा

2016-11-23

सन्देश पौडेल/मङ्सिर ८, लमजुङ । सिम्पानीका रामबहादुर परियारले दर्जनाँै पटक हिमाल चढ्नुभएको छ । विदेशीको भारी बोकेर कयाँैपटक हिमालपारि पुग्नुभयो । अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन् । भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ । 

एउटै खुट्टा दुई पटकसम्म काटिएपछि सिम्पानीका रामबहादुर परियार अहिले बिचल्लीमा पर्नुभएको छ । भारी बोकेर हलो जोतेर जवानी बिताउनुभएका रामबहादुर बेसहारा बन्नुभएको छ । 

“चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो”, रामबहादुरले भन्नुभयो, “यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन, खुट्टा गुमाउनुपर्छ भनेर सोचेको पनि थिइनँ, अहिले एउटै खुट्टा दुईपटकसम्म काट्नु प¥यो ।” “बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अकल्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पार्दै परियारले भन्नुभयो । 

परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै आउनुभएका ५५ वर्षीय रामबहादुरको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित हुनुहुन्छ । 

“एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ”, उहाँ भन्नुहुन्छ । जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बन्नुभएका रामबहादुरले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सक्नुभएन । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । दुई वर्षपछि उहाँले फेरि दुःख पाउनुभयो । 

“उहाँको बोन क्यान्सर भएको रहेछ, खानामा पोषण नपुगेर उहाँको घाउमा सुधार नभएको हो”, अस्पतालका चिकित्सक डा प्रकाश साहुले भन्नुभयो, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।” 

दोस्रोपटक अस्पताल आउनुभएका परियारको खुट्टा पुनः काटिएको छ । घाउमा गम्भीर समस्या भएकाले उहाँको खुट्टा शल्यक्रिया गरेर दोस्रोपटक काट्नुको विकल्प नभएको चिकित्सकले बताएका छन् । परियार अहिले अस्पतालमा उपचारत हुनुहुन्छ । 

गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्पतालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । 

दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको अस्पतालकी शोभा ठकुरीले जानकारी दिनुभयो । परियारका लागि सहयोग गर्ने कोही नहुँदा अस्पतालले निःशुल्क उपचार गराइरहेको ठकुरीले बताउनुभयो । 

घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउने गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । परियार अहिले अस्पताल नजिकै आफन्तको डेरामा बस्दै आउनुभएको छ । केही दिन आफन्तकामा बसेपनि केही दिनपछि जाने ठाउँ नभएको उहाँले बताउनुभयो । आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उहाँ बताउनुहुन्छ । काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उहाँले बताउनुभयो । 

“दिनदिनै अस्पताल जानुपर्छ, त्यही भएर केही दिन आफन्तकहाँ बसेको छु, अब कहाँ जाने थाहा छैन”, परियारले भन्नुभयो, “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ