८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

८ मंसिर २०७३, बुधबार ०९:४०

८ मंसिर, पर्वत ।
जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कारहरु यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे हुर्केर साहित्य तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पाँचजना व्यक्तित्वलाई प्रदान गर्ने गरी निर्णय गरिएको छ ।


निर्णयअनुुसार बागलुङ जिल्ला नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ भने म्याग्दी जिल्ला बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ । यसै गरी पर्वत जिल्ला लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतिक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिने छ । यी तीनवटै पुरस्कारको राशी जनही १०÷१० हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको कुरा पर्वत साहित्य सङ्गमले जनाएको छ ।


घोषित अन्य पुरस्कारहरुमा ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वत जिल्ला शंकरपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैशी अभागीलाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वत जिल्ला कुश्मा नगरपालिका, पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरिने भएको छ । यी दुबै पुरस्कारको राशी जनही ५÷५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको छ ।
पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले दिएको जानकारीअनुसार पर्वत साहित्य सङ्गमको आन्तरिक श्रोतबाट रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डीआर शर्माले रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरिएको हो ।

यसै गरी सदरमुकाम कुश्मामा रहेको नमूना आवासीय माध्यमिक विद्यालयले रु. २५ हजार राशीको अक्षयकोष स्थापना गरी ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशिल थकाली ‘अनुरागी’ले रु. १० हजार राशीको अक्षयकोष राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरिएको हो । पाँचवटै पुरस्कारहरु २÷२ वर्षमा प्रदान गरिने गरी व्यवस्थापन गरिएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।
इन्द्रमान खत्री संयोजक तथा सह–प्राध्यापक लक्ष्मीप्रसाद शर्मा र बरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प सदस्य रहेको पुरस्कार छनोट समितिको सिफारिसअनुसार प्राप्त भएका नामहरुलाई सङ्गमको कार्यसमितिबाट अनुमोदन गरी सार्वजनिक गरिएको र पुरस्कार समर्पण समारोह आगामी पौष ९ गते कुश्मामा आयोजना गरिने कुरा सङ्गमका सचिव डीआर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा