मङ्सिर ८, बैतडी । घाँस काट्ने क्रममा भिरबाट लडेर आज दार्चुलामा एक महिलाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा सितोला–२ तल्लागाँउका शङ्करसिंह बोहराकी २४ वर्षीया श्रीमती कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
घर नजिकै रहेको परौजाड भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै ज्यान गएको हो । यसअघि मङ्सिर ३ गतेपनि दार्चुलाको इयरकोट–६ की ४६ वर्षीया गीता डडालको स्थानीय सुगरखाल भिरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको थियो । रासस