प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमसंचार सम्बन्धि प्रतिवेदन सार्वजनिक

९ मंसिर २०७३, बिहीबार ११:३३


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौ । सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्किले संविधान कार्यान्वयन गर्न र संविधानका विषयबस्तु जनता माझ पुर्याउन पत्रकारलाई आग्रह गर्नुभएको छ । 

सूचना तथा संचारमन्त्रालयले बिहिबार संचारग्राममा आयोजना गरेको संविधान कार्यान्वयनमा संचार माध्यमको भूमिका र आमसंचार सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अावश्यकता अनुसार संविधान परिमार्जन गर्न संविधानमा नै व्यवस्था भएकाले विधिसम्भत अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे । मन्त्री कार्किले पत्रकारितालाई व्यवस्थित मर्यादित बनाउन लागि सबैपक्ष लाग्नुपर्ने बताउनुभयो। 

पछिल्लो समय हरेकमा नकारात्मक प्रवृत्ति मौलाउदै गएकाले यसलाई रोक्न पत्रकारको भुमिका पनि महत्वहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो- "अहिले च्याउसरि मिडिया खुलेका छन् जसले गर्दा पत्रपत्रिकालाई जनतासँग जोडिन नसके अस्तित्व समाप्त हुन्छ ।" 

अहिले सबैसँग क्यामरा, मोवाईल जस्ता डिजिटल सामाग्रि छ तर पत्रकारले कस्ता विषयबस्तु उठान गर्छौ त्यसमा ध्यानदिनु आवश्यता छ- कार्किले भन्नुभयो । मन्त्री कार्कीले देश संघियतामा जाने तयारिमा रहेकाले जनताको सुचनाको हक गाउपालिकामा पाउन सकुन भन्ने उदेश्य अनुसार मन्त्रालयले काम अगाडि बढाएको जानकारी दिनुभयो ।

यसैविच सुचना तथा संचार मन्त्रालयका सचिव दिनेश कुमार थपपलियाले आमसंचार नीति सबैको सहमति र सर्व स्वाकार्य नीति भएको दाबी गर्नुभएको छ । उहाँले आमसंचार माध्यमलाई गुणस्तरीय , प्रतिष्पर्धी, विश्वसनीय बनाउन नीति आएको धारणा राख्नुभयो ।

आमसंचार नीति क्यावेनेटमा पेश भएको ३/४ दिनमा स्वीकृत भएकाले कार्यान्वयन गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो । पत्रकारले नीतिमा सबै विषय समेट्न नसकेको गुनासो गरेका थिए  ।

कार्यक्रममा सुचना तथा संचार सम्बन्धि उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहाल, प्रेसकाउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ