गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी मह"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्यवसायिक बन्दैं सुर्खेतका एकल महिला

९ मंसिर २०७३, बिहीबार ११:३६

गोविन्द बिश्वकर्मा | मंसिर ९,  सुर्खेत । सुर्खेतका एकल महिलाहरु सिप सिकेर ब्यवसायिक हुन थालेका छन् । एकल महिलाहरुको हितमा काम गर्ने संस्था मानव अधिकारका लागी महिला, एकल महिला समुह वीरेन्द्रनगर १७ लाटीकोईली सुर्खेतको सहयोगमा स्थानिय एकल महिलाहरु सिप सिकेर स्वरोज बन्न तर्फ उन्मुख भएका हुन् । 

समग्र महिलालाई स्थानिय स्तर देखि निर्णायक तहसम्म पहुँचमा पुर्याउने, महिला सशक्तिकरण गर्ने, अधिकारका बिषयमा गाउस्तरसम्म सचेतना फैलाउने, क्षमता बिकास सम्बन्धि तालिमहरु सञ्चालन गर्दै आएको एकल महिला समुहले स्थानिय एकल महिलालाई ब्यवसायिक तालिम दिएर स्वरोजगार बनाउन तर्फ बढाएको छ । वि.स २०६० सालमा स्थापना भएको संस्थामा अहिलेसम्म करिव २ हजार ९ सय ८० जना बढी सदस्य रहेका छन् । बिशेष गरी एकल महिलालाई लक्षित कार्यक्रम गर्ने संस्थाले श्रीमान बिहिन भएका एकल महिलालाई विभिन्न सिपमुलक तालिम दिने गरेको एकल महिला समुह सुर्खेतकी अध्यक्ष सितल सिंह राठौरले बताईन् । एकल महिलालाई पनि पाँच बर्गियतमा राखेको भन्दै श्रमिानको मृत्यूपश्चात एकल भएका र मेरो कोहि छैन केहि छैन भन्ने भावना भएका एकल महिलालाई सहयोगीको पुल बन्न सफल भएको उनको दावी छ । 

श्रीमान नभएका एकल महिला बाहेक बिवाह नै नगरी बसेका एकल महिला, सम्बन्ध विच्छेद गरेर बसेका एकल महिला, श्रीमानबाट छुट्टै अंक लिएर बसेका एकल महिला र श्रीमान हुँदा हुँदै पनि एक्लै बसेका महिलाहरुलाई राज्यले कुनै सहयोग गर्ने नियम छैन । तर यस्ता एकल महिलाहरुका लागी पनि एकल महिला समुह सुर्खेतले पहल गर्ने योजना बनाएको राठौरको भनाई छ । 

चालु आर्थिक बर्ष २०७३/७४ मा एकल महिला समुहाको पहलमा सुर्खेतको बजेडीचौरका महिला कृषकलाई ४० वटा बाख्रा र एक उन्नत बोका वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतको सहयोगमा २० बाख्रा र एक उन्नत जातको बोका सहयोग गरेको र एकल महिला समुह सुर्खेतको सहयोगमा बाख्रा वितरण गरिएको हो । 

गत आर्थिक बर्ष २०७२/७३ मा ब्यसायिक च्याउ खेती, ब्युटीपार्लर तालीम, सिलाईकटाई लगायतका तालिमहरु सञ्चालन गरिएको राठौरले जानकारी दिईन् । दलित, आदिबासी जनजाती, मधेशी, मुस्लिम लगायतका ११ थरीका महिलाको प्रतिनित्व गर्ने संस्थाले एकल महिला सुरक्षा कोष तथा अन्य संघसंस्थाको सहयोगमा गत आवमा ३५ जना एकल महिलालाई आधुनिक ब्यवसायिक च्याउ खेतीको तालिम दिईएको थियो । 

कोषको २५ हजार र कृर्षि बिकास कार्यालय सुर्खेतको ५० हजार अनदान गरी जम्मा ७५ हजारमा ३५ जानलाई तालिम दिईएको अध्यक्ष राठौरले बताईन् । पहिलो पटक १५ जनालाई तालिम दिईएको र दोस्रो पटकमा २० जनालाई तालिम प्रदान गरिएको थियो । सामान्य रुपमा आधुनिक च्याउ भनेको के हो भन्ने जानकारी नभएका एकल महिलालाई एकै पटक तालिम दिएर दक्ष बनाएपछि राम्रो आम्दानी गर्न सकेको बताएका छन् । बजारमा लिएर बेच्न नसके पनि घरमा खाने र अलिअली छरछिमेकमा नै बेच्ने गरेको ब्यवसायिहरुले बताएका छन् । एकल महिला भएकै कारण बजारसम्म बोकेर लैजान नसकिने एक ब्यवसायि एकल महिलाले बताएकि छन् । 

चार जना महिलालाई सुन्दरता सम्बन्धि ब्युटीसियन तालिम पनि दिईएको थियो । तालिम लिएका चार जनामध्ये दुई जनाले आफ्नै लगानीमा ब्युर्टीपार्लर ब्यवसाय गरेर बसेका छन् भने एक जनाले अर्कैको पार्लरमा काम गर्दै आएको अध्यक्ष राठौरले जानकारी दिएकि छन् । यसरी दिनभरको कमाईले पनि महिलाहरु आत्म निर्भर बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह