मंसिर ९, नवलपरासी । नवलपरासीमा बिधुत चोरी गर्दा २ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण परासीले आज विहान जिल्लाको हकुई र घिनहाँ भन्नेठाउँबाट हुकिङ्ग गरि विद्युत चोरी रहेको अवस्थामा पक्राउ गरेको हो । जिल्लामा बढदो विद्युत चुहावट एवं चोरी नियन्त्रण अभियानमा सक्रिय हुदै विद्युत चोर्ने ति व्यक्तिहरुलाई पक्राउ गरि क्षतिपुर्ति एवं जरिवाना तिराएकोे विद्युत कार्यालयले जनाएको छ ।
प्राधिकरण कार्यालयका अनुसार हकुईबाट विशाल वि.क र घिनहाबाट मोहन चौधरीलाई पक्राउ गरेको बताएको छ । कार्यालयले पक्राउ गरेका वि.कलाई ३१ सय र चौधरीलाई ४५ सय रुपिया जरिवाना तोकेको थियो । जिल्लामा बढदो विद्युत चुहावट एवं चोरी नियन्त्रण गर्न कार्यालयले नियमित एवं छडके अनुगमन, रातीविरात गस्ती र सुराकीको आधारमा पनि अुगमन गर्ने गरेको कार्यालयले जनाएको छ । फोटो छ ।