दलसिंह गिरी/मङ्सिर ९, कालिकोट । नेपाल सरकार तथा विभिन्न दातृ निकायहरुको सहयोगमा उत्पादन गरिएका उद्यमीहरुको अवस्थाबारे पहिचान गर्न आवश्यक रहेको जिल्ला न्याया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मङ्सिर ९, कालिकोट । नेपाल सरकार तथा विभिन्न दातृ निकायहरुको सहयोगमा उत्पादन गरिएका उद्यमीहरुको अवस्थाबारे पहिचान गर्न आवश्यक रहेको जिल्ला न्याया"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा प्रथम उद्योग दिवश मनाईयो

२०७३, ९ मंसिर बिहीबार १३:१६


दलसिंह गिरी/मङ्सिर ९, कालिकोट । नेपाल सरकार तथा विभिन्न दातृ निकायहरुको सहयोगमा उत्पादन गरिएका उद्यमीहरुको अवस्थाबारे पहिचान गर्न आवश्यक रहेको जिल्ला न्यायाधिश केशवराज पाण्डेले बताउनु भएको छ । 

जिल्लामा मेडेप मेड्पा कार्यक्रम मार्फत १ हजार ४ सय बढी उद्यमी उत्पादन गरिएको भन्ने घरेलुको विषयलाई उठान गर्दै पाण्डेले उद्यमी उत्पादनमा काम गर्ने सम्बन्धित निकायले उत्पादित उद्यमीहरुको अवस्था पहिचान गरी तालिम प्रतिको अभिप्रेरणा जगाउन आवश्यक रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति र भिडिसेफ नेपाल कालिकोटको संयुक्त आयोजनामा संचालित प्रथम उद्योग दिवस कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका न्यायाधिश पाण्डेले जिल्लामा उद्योग संचालन गर्न चाहना भएकाहरुका लागि आवश्यक लगानीको कमी नभएको बताउनु भएको छ । हाल देश भर बाणिज्य तथा वित्तिय संस्थाहरुमा पैसा थुप्रिएर बसेको बताउदै यस्ता तालिम प्राप्त दक्ष जनशक्तिहरु द्धारा पुजी परिचालन गर्न सकियो भने समग्र अर्थतन्त्रको विकास हुने बताउनु भएको हो । 

“औद्योगीक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो विहानी” भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मान्ममा आयोजित प्रथम उद्योग दिवशको कोषसभा कार्यक्रममा बोल्दै कोण सभा कार्यक्रमका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले नेपालमा हाल पछिल्लो चरण कृषि, अन्न, तथा अन्य उपभोग्य बस्तु धेरै जसो विदेशहरुबाट आयात भैरहेको र अधिकांश नेपाली युवाहरु कामको खोजिमा विदेशीनु परेको अवस्थालाई केलाउने हो भने नेपाल सरकार तथा विभिन्न दातृनिकायहरुले नेपालमा उद्यम विकासका लागि लगानी गरेको बजेट बालुवामा पानी झै भएको बताउनु भएको छ । स्थानीय स्तरमा धेरै जसो युवाहरुमा उद्यमी गर्ने चाहना भएपनि कुन किसिमको उद्यमका लागि कुन संमेन्त्र आवश्यक पर्छ भन्नेवारे पूर्ण जानकारी नहुदा धेरै जसो युवाहरु बेरोजगार हुनु परेको अधिकारीले बताउनु भयो । 


यस्तै उद्यमीहरुको तर्फबाट बोल्दै कर्नाली जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष अज बहादुर गिरीले आर्थिक समृद्धिको पहिलो आधार भनेको नै उद्योग विकास भएकाले आफ्नै स्थानीय साधन श्रोत परिचालन गरी उद्योग संचालन गर्ने उद्योगीहरुलाई प्रोत्साहन गर्दै यसको स्तरियताका लागि राज्यले विशेष अभियान थाल्न पर्ने आवश्यकता रहेको बताउनु भएको छ । 

स्थानीय उत्पादनको महत्वबारे बताउदै उद्यमी गिरीले स्थानीय स्तरबाट उत्पादित उपभोग्य बस्तुहरुको प्रयोग सम्पूर्ण स्वदेशी उपभोक्ता तथा सरोकारवालाहरुले विशेष प्राथमिकताका साथ प्रयोगमा ल्याउन सके आर्थिक समृद्धिको नारा सार्थक हुने बताउनु भएको छ ।

हाल जिल्लामा उद्यम विकासको अवस्थाबारे बताउदै घरेलु तथा उद्योग विकास समिति कालिकोटका प्रमुख इन्द्र बहादुर थापाले हाल जिल्लामा ८ सय ५९ उद्योग दर्ता भएको र १ हजार १४ बाणिज्य फर्म दर्ता भएको बताउनु भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा र उद्यम विकास कार्यक्रम मेडेप अन्तर्गत १ हजार ४ सय ४२ वटा उद्यमी उत्पादन गरेको बताउनु भएको छ । कार्यक्रममा राजनैतिक दलको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य खेमबहादुर सिंह र उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीले उद्योग दिवशको शुभकामना दिनु भएको छ ।

यसै गरी कार्यक्रममा जिल्लामा उद्यम संचालन गरी उदाहरणिय काम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको छ । जसमा कर्नाली जडिबुटी उत्पादक सहकारीका अध्यक्ष अज बहादुर गिरी, अल्लो प्रशोधन उद्यमी पानसरा रोकामगर, तरकारी ब्यवशायी ठम्म प्रसाद आचार्य, रत्ना विक, विपना विष्ट, जर्मा कुमारी शाही, अजय दमाई, शोविन्द्र सुनार, रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता