२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

२०७३, १० मंसिर शुक्रबार ०४:४६

मङ्सिर १०, बागलुङ । जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ । बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो ।

पसलबाट चामल बोकेर घर जाँदै गर्नुभएका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए । मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा अचानक ढुङ्गाले हानेको स्थानीयवासी वीरबहादुर विकले जानकारी दिनुभयो ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका विकको केही बेरमै ज्यान गएको थियो । ढुङ्गा प्रहार गर्ने लोचन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनुभयो । मृतक विकको शव पनि प्रहरीले बुर्तिबाङ ल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे