मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।
विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि मार्ग २६ गते बंगलादेश जानेछिन् ।
राष्ट्रिय सेवा दल ४२ औं जुनियर डिभिजनको आदर्श माविल े राष्ट्रिय सेवा दल पहिलो व्याच अन्तर्गत गतवर्ष दिक्षान्त कार्यक्रममा इभेन्ट प्रथम तथा उत्कृष्ट प्लाटुन हुन सफल भएको थियो । सोही व्याचका क्याडेट अफिसर प्रविन्ता चामलिङ उक्त विद्यालयको नेतृत्व गरी बंगलादेश जान लागेकी हुन ।
उक्त कार्यक्रमको तयारीका लागि नेपाली सेना राष्ट्रिय सेवा दलमा तयारी अभ्यासको लागि चामलिङलाई पठाएको प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
चामलिङलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बुधबार विदाइ तथा शुभकामना समेत गरेको छ । प्रिन्सिपल क्षेत्री र प्रशिक्षक केशव पण्डित र भरत भट्ट तथा विदयालयका एकेडेमिक प्रमुख कमल थापा, अन्य शिक्षक कर्मचारी तथा विदयार्थीहरुले फुलमाला सहित चामलिङ लाई शुभकामना तथा विदाइ गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रणदल गुल्म कुश्माका निमित्त गुल्म पति सहसेनानी दिपेन्द श्रेष्ठ, विद्यालयका संस्थापक अध्यक्ष लक्ष्मीकान्त आचार्य,उपाध्यक्ष दयाराम शर्मा,कोषाध्यक्ष पृथ्विनारायण शर्मा, शिक्षक छनौट समितिका संयोजक बसन्त बहादुर सि.के., सदस्य दिनेश अधिकारी र देव शर्मा लगायतले बोलेका थिए ।