२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

किशोरी संञ्जालको पहलमा रोकियो बाल विवाह

१० मंसिर २०७३, शुक्रबार ०५:५५

सम्राट सिंह, मंसिर १०, बझाङ । जिल्लाको देउलीकोट गाविस ८ मा हुन थालेको बाल विवाह किशोरी संञ्जालको पहलमा रोकिएको छ । किशोरी संञ्जालले दुलाहा र दुलही पक्षका अभिभावकलाई सम्झाउदा नमानेपछि संञ्जालले स्थानिय प्रहरीको सहायता लिइ बाल विवाह रोकेको हो ।
देउलीकोट गाविस घर भएका १५ बर्षिय युवती र सोही गाविस घर भएका १५ बर्षिय युवकबिच हुन थालेको बाल विवाह रोकेको किशोरी संञ्जालकी अध्यक्ष रमिता सिंहले बताइन् । उनले भनिन् जिल्लामा अधिकांश महिला हिंसा र बहुविवाह जस्ता घटनाहरुको मुख्य कारण बाल विवाह नै भएकाले यसलाई रोक्न हामी लागि परेका हाँै ।
बाल विवाह गर्दा पर्ने असरबारे गाउँघरका बासिन्दाहरुलाई जानकारी नहुँदा बाल विवाहको बाल विवाहको भयाभव भएको बझाङ जिल्लामा विभिन्न संघ संस्थाहरुले बालविवाह सम्बन्धि गाउँ गाउँमा जनचेतना फैलाउने, गाउँ गाउँमा किशोरी संञ्जाल गठन गरी उनीहरु मर्फत बाल विवाह सम्बन्धि विभिन्न कार्यक्रम राखी युवा युवतीहरुलाई बाल विवाह गर्दा पर्ने प्रभाव बारे जानकारी दिदा बाल विवाहमा केहि कमी आएको छ ।
किशोरी संञ्जालकी अध्यक्षले बाल विवाह हुन थालेको बारे आफुलाई जानकारी दिएपछि स्थानिय प्रहरीको सहायता दिई बाल विवाह रोकेको महिला तथा बाल बालिका कार्यालयका प्रमुख लिला घलेले बताइन् । उनले भनिन् गाउँ गाउँका किशोरी संञ्जालहरु सक्रिय भए जिल्लालाई नै बाल विवाह मुक्त गर्न किने उनको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य