2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा सङ्क्रमण बढ्यो

मङ्सिर १०, लुम्बिनी । रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ ।
‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको पाइएन । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । लामखुट्टे निष्क्रिय हुन तापक्रम १६ डिग्रीभन्दा तल हुनुपर्छ’ शाहले भन्नुभयो, “रुपन्देहीको तापक्रम २० भन्दा तल झर्न गाह्रो छ ।’
रुपन्देहीमा डेङ्गु पूर्णरुपमा नियन्त्रण गर्न चुनौती देखियो” शाहले भन्नुभयो । बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा दुई, लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीन, रुद्रपुरमा दुई र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखा“ची र बाग्लुङबाट रुपन्देहीमा आएका व्यक्तिमा देखिएको शाहले जानकारी दिनुभयो ।
सङ्क्रमित बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल, बुटवल हस्पिटल प्रालि, मेडिटेक हस्पिटल प्रालि, सिद्धाथसिटी हस्पिटल भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको कार्यालयको भनाइ छ ।
सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ । रासस लुम्बिनी, । रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ ।
‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको पाइएन । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । लामखुट्टे निष्क्रिय हुन तापक्रम १६ डिग्रीभन्दा तल हुनुपर्छ’ शाहले भन्नुभयो, “रुपन्देहीको तापक्रम २० भन्दा तल झर्न गाह्रो छ ।’
रुपन्देहीमा डेङ्गु पूर्णरुपमा नियन्त्रण गर्न चुनौती देखियो” शाहले भन्नुभयो । बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा दुई, लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीन, रुद्रपुरमा दुई र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखा“ची र बाग्लुङबाट रुपन्देहीमा आएका व्यक्तिमा देखिएको शाहले जानकारी दिनुभयो ।
सङ्क्रमित बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल, बुटवल हस्पिटल प्रालि, मेडिटेक हस्पिटल प्रालि, सिद्धाथसिटी हस्पिटल भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको कार्यालयको भनाइ छ ।
सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई