१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

१० मंसिर २०७३, शुक्रबार १०:३६

मङ्सिर १०, जाजरकोट । जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ ।
शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।
यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभूत विद्यालय भेरी मालिका १० भुरचौरबाट गरिएको छ । यहाँका शिक्षक १० दिनसम्म विद्यालय नआएका कारण शिक्षककै तलब काटेर यो विद्यालयमा पुस्तकाय स्थापना गर्न प्रधानाध्यापक जनकबहादुर गिरीलाई निर्देशन दिनुभयो ।
अबको १० दिनभित्र यो विद्यालयले गयल शिक्षकको तलब र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगतरुपमा दिएको केही रकमबाट पुस्तकालय स्थापना गर्न लागिएको हो ।
जिल्लाका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जिल्ला शिक्षा कार्यालयको योजनाअनुसार नै यो विद्यालयमा सुरुवात गरिएको हो ।
विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थी नआएमा किन आएनन् भनेर अभिभावकसँग छलफल गर्न समेत उहाँले जिल्लाका सबै विद्यालयलाई निर्देशन दिनुभयो ।
छात्रवृत्ति वितरण गर्दा कम्तीमा ७५ प्रतिशत विद्यालयमा आउने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते