सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रव"/>
2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको उद्घाटन

सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रवार देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । 

महिला सञ्जाल सिसहनियाँ, विहानी रेडियो श्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो श्रोता समुह कालापानी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरी, महिला शसक्तिकरण समुह र सामुदायिक मेलमिलाप केन्द सिसहनियाँ्रको संयुक्त आयोजनामा ¥याली तथा सभाको आयोजना गरी १६ दिने अभियान को उद्घाटन गरिएको हो । महिला सञ्जालकी अध्यक्ष यशोदा चौधरीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने सवै खाले हिंसा रोक्न घरपरिवारबाटै अभियानको सुरुवात गर्नु पर्ने र सरोकारवालाहरुले समेत ध्यान दिनु पर्ने बताएका थिए । साथै उनीहरुले कानुनमा समेत कडाइ गर्नु पर्ने बताएका थिए ।

महिला सञ्जालकी सचिव जगदम्बा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, संघीय समाजवादी फोरमका पाटेश्वरीप्रसाद चौधरी, थरुहट तराई पार्टी नेपालका राधेश्याम चौधरी, प्रहरी चौकी सिसहनियाँका धर्म खड्का, सामुदायिक मेलमिलाप केन्द्रका परशुराम चौधरी र महिला ससक्तिकरण समुहका सामाजिक परिचालक लक्ष्मी चौधरी लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रम शुरु हुनु पुर्व महिलाहरुको एक ¥यालीले महिला हिंसा बिरुद्धका विभिन्न नारा लगाउदै सिसहनियाँ बजार परिक्रम गरेको थियो । कार्यक्रमको सञ्चालन महिला सञ्जालकी उपाध्यक्ष तारा घिमिरेले गरेकी थिइन् । यसैबीच अभियानका क्रममा मंसिर १४ गते महिला हिंसा न्युनिकरण विषयक एक दिने गोष्ठी, मंसिर १७ गते महिला हिंसा न्युनीकरण गर्न सरोकारवालाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता, मंसिर २२ गते सिसहनियाँ बजारमा सडक नाटक प्रर्दशन गर्ने र अभियानको अन्तिम दिन मंसिर २५ गते पुरस्कार वितरण सहित अभियानको समापन गरिने आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो