१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा मगर समुदायका महिलामाथी लैङ्गिक हिंसा बढ्यो

११ मंसिर २०७३, शनिबार ०६:०३

मङ्सिर ११, रोल्पा । जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ । 

चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

दर्ता भएका लैङ्गिक हिंसाका उजुरीमध्ये निवेदन दिएर सम्पर्कमा नआएका, पीडक फरार रहेका तथा निवेदन दिएर गाउँमै मिलापत्र गरेका सात निवेदनमात्रै किनारा लाग्न बाँकी रहेको महिला सेलका प्रहरी जवान रीता चौधरीले बताउनुभयो । 

लैङ्गिक हिंसाका निवेदनमध्ये अधिकांश मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा गालीगलोज रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङ आसपासका धवाङ, खुमेल, कोटगाउँ लगायत गाविसवाट यस्ता निवेदन दिनेको सङ्ख्या बढी हुने गरेको देखिएको छ । 

चाडपर्व तथा सामाजिक कार्यमा मापसे अनिवार्य हुने भएका कारण मगर समुदायका महिला लैङ्गिक हिंसामा बढी परेको जिल्ला प्रहरी कार्यालयको अभिलेखले पुष्टि गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु