१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको कर्मचारी मिलन केन्द्र नवलपरासीद्धारा बिदाई

११ मंसिर २०७३, शनिबार ०६:४३

सरु शर्मा  मंसिर ११, नवलपरासी । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिदाई गरीएको छ । कर्मचारी मिलन केन्द्र नवलपरासीले एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेको हो । केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीका प्रमुख कोष नियन्त्रक महेन्द्र भण्डारीको अध्यक्षतामा बिदाई गरीएको हो । २०७२ साल माघ मा प्रमुख जिल्ला अधिकारी का रुपमा नवलपरासी आउनुभएका पन्थले जिल्लामा २३२ दिन बिताउनुभयो । कार्यक्रममा बोल्दै पन्थले जिल्लामा रहदाको समयमा सबैको कार्य र सहयोगको प्रशँसा गदै सबै काम समयमै सम्पादन गरी आफ्नो नवलपरासीको कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबै कर्मचारी, नागरीक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सबैलाई धन्यबाद दिनुभएको थियो ।

     प्रमुख जिल्ला अधिकारी पन्थ सरुवा भई सुर्खेत जान लाग्नुभएको छ भने नवलपरासीमा गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना आउन लाग्नुभएको छ । उहाहरुको सरुवा गृह मन्त्रालयले मँसिर ९ गते सार्बजनिक गरी जानकारी गराएको थियो । बिदाई कार्यक्रमको सँचालन केन्द्रका सचिव एवँ जिल्ला हुलाक कार्यालय नवलपरासीका प्रमुख मोहन पोख्रेलले गर्नुभएको थियो । 

     यस्तै सुनवल नगरपालिकाका कार्यकारी अधिकृत माधव ढकाललाई पनि बिदाई गरीएको छ । सरुवा भएर स्वास्श्थ्य मन्त्रालय अन्तर्गत जान लाग्नुभएका ढकाललाई केन्द्रले सोही कार्यक्रममा बिदाई गरेको हो । 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु