मङ्सिर ११, म्याग्दी । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । 

पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ११, म्याग्दी । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । 

पा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पानीका स्रोत सुक्न थालेपछि पानी मिल बन्द

११ मंसिर २०७३, शनिबार ०६:५२

मङ्सिर ११, म्याग्दी । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । 

पानीको अभावमा जिल्लाका ज्यामरुककोट, भकिम्ली, मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाविसमा सञ्चालित बीस वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित बीस घरपरिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । 

बर्सेनि मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षदेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्दै आएको बरङ्जाको अर्जेखोलामा सञ्चालित पानी मिल बन्द गर्नुपरेको सञ्चालक डिलबहादुर श्रीषसले बताउनुभयो । 

“अझै केही वर्ष यस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो, भने पानी मिल व्यवसाय नै विस्थापित हुन सक्छ” उहाँले निराश हुँदै भन्नुभयो । “पहिले फर्निचर पनि सञ्चालित सो मिलमा तोरीसहित दैनिक १५÷१६ मुरी धान, गहुँ, मकै, कोदो आदि अन्न कुटानी पिसानी हुने गर्दथ्यो । 

पानी मिलमा कुटानी पिसानी गरेको अन्न खानका लागि स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म भन्डारण गरेर राख्न सकिने बरङ्जा– ७ दुर्दीका मनलाल खत्रीले बताउनुभयो । 

‘घट्ट भन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भन्डारण गरेर उपभोग गर्दा पनि कीरा लाग्दैन’ खत्रीले पानी मिलको फाइदाबारे वर्णन गर्दै भन्नुभयो ‘खाँदा पनि स्वादिलो हुन्छ ।’ 

तर अहिले मिल बन्द हुँदा ग्रामीण क्षेत्रका बासिन्दा चिन्तित भएका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । डिजेल मिलको तुलनामा पानी मिल करिब पाँच गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु