१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सडक जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

११ मंसिर २०७३, शनिबार ०९:४६

मङ्सिर ११, सखुवासभा । जिल्लाको पोखरी, आम्राङ, चौरीखर्के सडक जीर्ण हुँदैजाँदा त्यस क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । 

पोखरी बजार हुँदै आम्राङ, चौरीखर्क जलजलासम्म जाने उक्त सडक २०६८ सालमा स्थानीय जनताबाट रु २५ लाख चन्दा सङ्कलन गरी निर्माण गरिएको थियो । 

साविक सिद्धपोखरी गाविसको वडा नं.२ देखि ७ र जलजला गाविसलाई जोडने १२ किलोमिटरको उक्त सडक निमार्ण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई आउनजान र त्यहाँको कृषि उपजलाई बजारसम्म पुरियाउन सहज भएका छन् । 

स्थानीय जनताको जिवनस्तरसंग गाँसिएका सडक भएकाले यसको स्तरोउन्नतिको लागि जिविस सखुवासभाबाट २०६८ सालदेखि २०७१ सालसम्म प्रतिवर्ष रु पाँच लाखको दरले बजेट विनियोजनसमेत गर्दै आएका छन् 

तर जिविसबाट बजेट विनियोजन हुन छाडेपछि अहिले त्यो सडकको अवस्था जीर्ण भएका छन् । मर्मतसम्भारको अभावमा उक्त सडकमा कतै पहिरो, कतै हिलाम्मे र कतै ठूला ठूला चट्टान निस्कँदा यातायातका साधन मात्र होइन, मानिसलाई पैदल हिँड्न समेत कठिन हुँदै गएको स्थानीय रामकुमार लिम्बू बताउनुहुन्छ । 

त्यस क्षेत्रका स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निमार्ण भएको सो सडक खण्डलाई हाल सरकारी निकायबाट चासो नदिँदा जीर्ण भएको दुखेसो स्थानीयवासीको छ । हिउँद महिनाको सुक्खा मौसममा समेत सडकमा पानी जमेर हिलाम्मे हुँदै जाँदा स्थानीय आफैले कुटोकोदालो लगायतका औजार लिएर बाटो मर्मतमा जुट्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु