२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाविसको धेरै बजेट कृषि सिचाईमा छुट्टीयो

१२ मंसिर २०७३, आईतवार ०१:३३

दलसिंह गिरी | मङ्सिर १२, कालिकोट | कालिकोट जिल्लामै कुपोषित बालबालिका रहेको सिपखाना गाविसले खाध्य उत्पादनमा बृद्धि गर्न कृषि सिचाईको क्षेत्रमा सवैभन्दा बढी बजेट विनियोजन गर्दै ९ औ गाउँ परिषद सनिबार सम्पन्न गरेको छ । कृषि सिचाईका लागि सवैभन्दा बढी ११ लाख बजेट विनियोजन गर्दै परिषद सम्पन्न गरेको हो । 

परिषदमा चालुतर्फ ५ लाख ४५ हजार र पुजीगततर्फ ४१ लाख २९ हजार बजेट विनियोजन गर्दै लक्षित वर्ग अन्तरगत महिला, बालबालिका लागी कुल बजेटको १०÷१० प्रतिशत, दलित जनजाति, अपाङग, जेष्ठ नागरिक खेलकुदका लागि कुल बजेटको १५ प्रतिशत, पूर्ण सरसफाई, विपद ब्यवस्थापनमा ५÷५ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसै गरी पर्बधनात्कम तर्फ ७ लाख ३१ हजार र स्वास्थ्य तर्फ ४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । 

सिपखाना गाविस सचिव महेश थापा को अध्यक्षता, जिल्ला स्वास्थ्य समितिका अध्यक्ष दयाराम सिमखाडाको प्रमुख आथित्यता आज आयोजित गाउँ परिषदमा राप्रपाका कालि बहादुर शाही, माओवादी केन्द्रका ध्रुवराज सिमखाडा, नेकपा माओवादी क्रान्तिकारीका उदयराम आचार्य, नेकपा माओवादीका उमेश खड्काले गाउ परिषद सुसम्पन्नका लागि आ आफ्नो धारणा सहित सफलताको शुभकामना दिनु भएको छ । 

आर्थिक बर्ष २०७३।०७४ अन्तर्गत ९ औं गाउ परिषद संचालन गर्ने जिल्लाकै पहिलो गाविसको रुपमा रहेको सिपखाना गाविसमा गत बर्षको भन्दा दोब्बर बजेट विनियोजन भएको गाविस सचिव महेश कुमार थापाले बताउनुभएको छ । गत बर्ष पुजिगत तर्फ १९ लाख १ हजार र चालु तर्फ ४ लाख ५३ हजार बजेट विनियोजन भएको गाविस सचिव थापाले जानकारी दिनु भएको छ । ९ औं गाउ परिषदको रेडियो नेपाली आवाज र रेडियो नयाँ कर्नालीले आज दिन भर प्रत्यक्ष प्रशारण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य