१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुल बनेपछि सीमावर्ती गाउँमा खुसियाली

१२ मंसिर २०७३, आईतवार ०२:२२

मङ्सिर १२, भीमदत्तनगर । पश्चिमको नेपाल–भारत सीमासँग जोडिएको महाकालीपारिको दोधाराचाँदनी नगरपालिका–८ सुन्दरनगर जोड्ने जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयवासीमा सहजताका साथै खुसियाली छाएको छ । 

गत भदौदेखि जोगबुढा नदीमा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि यहाँकै दुर्गमबस्तीमा पर्ने सुन्दरनगरवासी सहज रुपमा सदरमुकाम भीमदत्तनगरका साथै देशका अन्य भूभाग आउन जान सक्ने भएका छन् । 

“झन्डै चार दशक हामीले जोगबुढा नदीमा किस्तीकै यात्रा ग¥यौँ ।” सुन्दरनगरका स्थानीयवासी सरिता पुनले रासससँग भन्नुभयो – “यहाँ राज्यको उपस्थिति भनेको प्राथमिकस्तरको विद्यालय र एउटा पुलमात्रै हो ।” विसं २०२४ मा बस्ती बसेको सुन्दरनगरमा झन्डै ३०० परिवार बस्दै आएका छन् । 

“पहिले त गाउँमा शिक्षा, स्वास्थ्य सडक, बिजुलीलगायतका विविधखाले समस्या थिए ।” सरिताले भन्नुभयो – “पुल बनेर हिँडडुल गर्न सहज भएपछि ठूलै सफलता मिलेजस्तो भएको छ ।” पुल बन्नुअघि गाउँमा माविस्तरको विद्यालय नहँुदा विद्यार्थी जोगबुढावारिको विद्यालयमा किस्तीको सहारामा अध्ययनका लागि आउँथे । 

त्यसैगरी गाउँकै अर्का समाजसेवी हरिशङ्कर रोकायामगर झोलुङ्गे पुल बनेपछि गाउँमा रौनक थपिएको बताउँछन् । फुर्सदमा ज्यालादारीदेखि दैनिक उपभोग्य सामानका लागि सुन्दरनगरवासीले सीमावर्ती भारतीय बजारको भरमा पर्नुपर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु