१३ पर्वत ।आज बाला चर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । पर्वतको मोदीबेणी, गुप्तेश्वर अल्पेश्वर गुफा परिसर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङ लगायतका धौलागिरीका विभिन्न शिवशक्ति पीठहरुमा सप्तविज छर्नेको विशेष भिड लाग्ने गर्छ ।
    त्यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ पर्वत ।आज बाला चर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । पर्वतको मोदीबेणी, गुप्तेश्वर अल्पेश्वर गुफा परिसर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङ लगायतका धौलागिरीका विभिन्न शिवशक्ति पीठहरुमा सप्तविज छर्नेको विशेष भिड लाग्ने गर्छ ।
    त्यस्"/>
2026-09-19 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पितृको सम्झनामा शतबीज छरि बालाचतुर्दशी पर्व मनाइदै

१३ पर्वत ।आज बाला चर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । पर्वतको मोदीबेणी, गुप्तेश्वर अल्पेश्वर गुफा परिसर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङ लगायतका धौलागिरीका विभिन्न शिवशक्ति पीठहरुमा सप्तविज छर्नेको विशेष भिड लाग्ने गर्छ ।
    त्यस्तै काठमाडौको पशुपतिनाथ, बुढानिलकण्ठ लगायत देशभरका शिव मन्दिरहरुमा सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाउनेको विषेश भिड लागेको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने चलन छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेष्मान्तक वनमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै छ ।
    शतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।
    सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
    हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ । जसमा कैलाश डाँडा, ठूलो महास्नानघर, घ्याम्पो पाटी, वज्रघर, पञ्चदेवल, राममन्दिर, भष्मेश्वर, राजराजेश्वरी, वाग्मतीपारि, नासलचोक, भुवनेश्वरी, वरुणधारा, वनकालीलगायत पर्छन् ।
    भोजपुरको ऐतिहासिक महत्व बोकेको दिंला बजारमा      हरेक वर्ष लाग्ने बाला चतुर्दशी मेलाको रौनक सुरु भएको छ । दिंला बजारमा मेला भर्ने भक्तजन तथा सर्वसाधारणको घुँइचो  बढ्दै गएको छ । मानिसहरु विभिन्न सवारी साधन तथा पैदल हिडेर  दिंला बजार पुगिसकेका छन् ।
    हिजो रात भर आफ्ना मृत आफन्तको सम्झनामा जाग्राम बसी आज सिताराम मन्दिरदेखि षडेश्वर मन्दिरसम्म सतविज छर्ने गरिन्छ ।
    दिंला बजारमा रहेका सिताराम, षडेश्वर, नर्मलेश्वरलगायतका विभिन्न मन्दिरहरुमा भजन किर्तन गर्ने गरिएको  छ । वर्षको एकपटक मंसिर महिनामा लाग्ने बाला चतुर्दशी मेलामा भोजपुरसँगै संखुवासभा, धनकुटा, तेह्रथुम,     सुनसरी,खोटाङ्ग, सोलुखुम्वु, तथा दार्जि्लिङ्गसम्मका मानिसहरु आउने गर्दछन् । मेला सुरु भएसँगै बजार क्षेत्रमा रहेका  होटलहरुमा चाप बढेको छ । आज  भोजपुरकै उच्च स्थान ट्याम्के डाँडामा पनि बाला चतुर्दशी मेला लाग्ने गर्दछ ।
 कास्की स्याङजा, पर्वतको संगम स्थल पञ्चासेमा आज सदविज छर्नेको बिहानैदेखि भिड लागेको छ । प्रत्येक बालाचुदर्शीको दिन  आज सतविज छर्नेहरुको ठुलो भिड लाग्ने गर्छ आज पनि बिहानैदेखि चहलपहल शुरु भएको हो ।  तर चिसो बढेका कारण सतविज छर्न जानेहरुलाई कठिनाई भएको छ । यस्तै स्याङजाको स्वरेक मैदानमा रहेको शिव मन्दिरमा पनि आज सदविज छर्न स्थानीयहरुको जम्मा हुने गर्छन् । पितृ उद्धारको लागि भन्दै हरेक वर्ष बाला चतुदर्शीको अबसरमा विभिन्न अन्नहरु मन्दिरमा छर्ने गरिन्छ ।बाला चतुर्दसीको अवसरमा आज ताप्लेजुङका एक दर्जन बढी स्थानमा सतबिज छर्न तिर्थालुहरुको भिड लागेको छ । सदरमुकाम नजिकमा रहेको सिद्धिडाडा, सुकेटार, नाङखोल्याङको हिउदेलगायतका स्थानमा तिर्थयात्रीले सतबीज छरिरहेका छन् । यस्तै निगुरादिन गाविसको टारीमा आजदेखि वालाचतुर्दसी मेला सुरु हुँदैछ । पोमु केछाङ स्पोर्टिङ क्लवको आयोजनामा लाग्ने मेलाको आजै उद्धघाटन गरिने र फुटवल सास्कृतिकलगायतका कार्यक्रम हुने आयोजक समितिका सचिव क्षितिज पोमुले वताउनुभयो । यो बर्ष पोमु बन्धुहरुको आयोजनामा मेला लगाइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो