मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति "/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आलोपालोको आधारमा शान्ति समितिको संयोजक चयन

२०७३, १३ मंसिर सोमबार ०५:१५

मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति समितिको संयोजक बनेका छन् ।
आइतबार शान्ति समितिमा बसेको बैठकले पुरानो  राजनीतिक दलहरुको आलोपालो संयोजक बन्नने शर्त अनुसार आगामी तीन महिनाको लागि आचार्य संयोजकमा चयन भएका हो ।
स्थानीय शान्ति समितिको संयोजकको पद अवधी ६ महिनाको हुने भएता पनि   राजनीतिक दलहरु विच सहमति जुट्न नसकेपछि ३÷३ महिनाको आलोपालो प्रणालीबाट उनलाई संयोजकको जिम्मा दिइएको हो । उनपछि पत्रकार महासंघको तर्फबाट गणेश पौडेल र द्वन्द्व पीडितकोे तर्फबाट मनरुपा शर्मा संयोजक हुनेछिन् । माओवादी केन्द्रका पुण्यप्रसाद आचार्यले भने संयोजकमा दाबी नगरेको बु्झिएको छ ।
    सोमलाल आचार्यलाई स्थानीय शान्ति समिति पर्वतको संयोजक चयन गरेसँगै शान्ति समिति पर्वतले आगामी कार्यक्रमको लागि ७ वटा कार्यक्रमहरुको सूची मन्त्रालयमा पठाएको छ ।
    जसमा जिल्लामा शान्ति समिति गठन गर्नको लागि बाँकी रहेका ६ गाविस शालिजा, भंगरा, पाखापानी, बालाकोट, होश्राङदी र बहाकीमा स्थानीय शान्तिसमिति गठनको लागि मन्त्रालयमा पेश     गरेको छ । यी ६ वटा गाविसमा शान्ति समिति गठन भए जिल्लाको १ नगरपालिका सहित ४७ गाविसमा शान्ति समिति गठन हुनेछ ।त्यस्तै शान्ति समितिले द्वन्द्व पीडित पुर्ननिर्माणको लागि १ लाख माग गरेको छ । पुर्ननिर्माणको लागि तथा द्वन्द्व पीडित व्यवस्थापनको लागि सिप मुलक तालिमको लागि उक्त माग पेश गरिएको हो ।पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा स्टल बुकिङ गरी शान्ति समितिका गतिविधि प्रदर्शन गर्नको लागि ६० हजार, सुचना प्रचार तथा प्रसारणका लागि २० हजार, शान्ति समितिका गतिविधि तथा शान्ति स्थापनाका लागि योगदान पु¥याउने पत्रकार र सम्बन्धीत मिडियालाई पुरस्कार स्वरुप २ हजार विनियोज गरेको छ । त्यस्तै संक्रमणकालिन न्याय द्वन्द्व व्यवस्थापन तालिमको लागि १ लाख स्वीकृतको लागि माग   गरेको छ । उक्त तालिम २ दिने हुने र तालिममा शान्ति समितिका पदाधिकारी र अघिल्लो आवमा जिल्लामा गठन भएका ८ गाविसका संयोजक सहभागी रहने स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।मन्त्रालयमा पेश गरेका सात वटा माग पास भएर आएमा तिब्र रुपमा काम गर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल