यान्त्रीकीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यान्त्रीकीकर"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीका कृषकलाई ३७ वटा मिनी टिलर वितरण

१३ मंसिर २०७३, सोमबार ११:०३

मंसिर १३, म्याग्दी । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ । 

यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ । रु ७५ हजार मूल्य पर्ने मिनी टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ । 

कृषकलाई प्रतिमिनी टिलर खरिदमा रु ३७ हजार पाँचसय अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । 

अनुदानको मिनी टिलर माग गर्दै एकसय कृषकले निवेदन दिएकामा यसअघि सो उपकरण खरिदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो । 

गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय म्याग्दीका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने बेनपा–५ थाकनपोखरीका कमल पौडेलले बताउनुभयो । 

मिनी टिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा कृषकलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा मिनी टिलरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य