2026-09-19 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग

मङ्सिर १३, काठमाडौँ । बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्मलाई पदमार्गका रुपमा विकास गनुपर्ने सरोकार भएकाहरुले बताएका छन् । 

नेपाल पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले यहाँ आज गरेको छलफल कार्यक्रममा उक्त ठाउँमा आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि पदमार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले बोर्डले पदमार्ग बनाउनका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बोर्डका केबी शाहले सुदूरपश्चिमको पर्यटनलाई व्यवसायीकरण गर्नुपर्ने औँल्याउनुभयो । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष चन्द्र रिजालले चैनपुरदेखि ताक्लाकोटसम्म पदमार्गको विकास गर्नुपर्ने बताउनुभयो । टानका महासचिव कर्ण लामाले निजी क्षेत्र पर्यटन प्रवद्र्धन गर्न तयार रहेको जानकारी गराउनुभयो ।

सङ्घ साइपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले सरकारले पदमार्ग बनाउन सहयोग गरे चैनपुरदेखि मानसरोवरसम्म जान सकिने बताउनुभयो । बझाङका पत्रकार किशोरविक्रम खड्काले उक्त ठाउँमा ऐतिहासिक सम्पदा, प्राकृतिक दृश्य अवलोकन र दुर्लभ जडीबुटी पाइने भएको पदमार्गको विकास गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्दै सरकारलाई पदमार्गका लागि बाटो र पुल बनाइदिन आग्रह गर्नुभयो । उहाँका अनुसार उक्त पदमार्ग हँुदै चैनपुरबाट मानसरोवर जान नौ दिन लाग्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई