१४ पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजक निकै असहमतिका विच चयन      गरिएको छ ।
     आइतवार बसेको स्थानीय शान्ति समिति पर्वतको बैठकले संयोजकमा कांग्रेसका तर्फबाट सोमलाल आचार्यलाई चयन गरेपछि समिति विवादमा परेको हो । आलोपालो गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १४ पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजक निकै असहमतिका विच चयन      गरिएको छ ।
     आइतवार बसेको स्थानीय शान्ति समिति पर्वतको बैठकले संयोजकमा कांग्रेसका तर्फबाट सोमलाल आचार्यलाई चयन गरेपछि समिति विवादमा परेको हो । आलोपालो गरी"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति समितिमा झुक्याएर संयोजक बनाइएकोमा आपत्ति

२०७३, १४ मंसिर मंगलवार ०४:५७

१४ पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजक निकै असहमतिका विच चयन      गरिएको छ ।
     आइतवार बसेको स्थानीय शान्ति समिति पर्वतको बैठकले संयोजकमा कांग्रेसका तर्फबाट सोमलाल आचार्यलाई चयन गरेपछि समिति विवादमा परेको हो । आलोपालो गरी संयोजक चुनिने आचारसंहिता बनाइएपनि    राजनैतिक दलपछि, द्धन्द्धपिडित, मानवअधिकारवादी, संघसंस्थाका प्रतिनिधीहरुलाई नेतृत्व नपु¥याइकन पुनं राजनैतिक दलका तर्फबाट संयोजक चुनिएकोमा आफ्नो निकै असहमति रहेको शान्ति समितिका सदस्य मनरुपा शर्माले आरोप लगाईन् ।
    जिल्लाका राजैतिक दलहरुले आलोपालो गरी संयोजक भैसकेका र संघसंस्थाका तर्फबाट समेत संयोजक बनाइए पनि मुख्य गरी शान्ति सम्झौताको मर्म र भावना जोडिएका द्धन्द्ध पिडित, घाईते, शहिद परिवारलाई भने उपेक्षा गरिएको छ ।
     हरेक पल्ट स्थानीय शान्ति समितिमा बैठक बसेपनि द्धन्द्ध पिडितलाई नेतृत्व दिने विषयमा भने षडयन्त्र हुने गरेको शर्माको भनाई छ । हालै मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पनि वार्षिक योजनाको     बारेमा छलफल हुने भनि सबै सदस्यहरुलाई बोलाएर एकलौटी ढंगले बहुमतको दम्भमा संयोजक चुन्ने काम गरिएकोमा आफ्नो निकै आपत्ति रहेको उनले बताईन् । ‘बैठकमा खबर गर्दा र एजेण्डा दिँदा वार्षिक कार्ययोजना ५ लाख बरावरको बनाएर पठाउनुपर्ने भनि कार्यालय सचिव किशोर सुवेदी फोन गरेको तर एकाएक संयोजक चुनिने काम भयो’ उनले भनिन ।
    अघिल्लो पटकको बैठकमा आफुले संयोजक पाउनुपर्छ भनि माग गर्दा संयोजकका अन्य दाबेवादारहरु पनि बैठकमा सहभागि हुनुपर्छ भनि मनहोर वि पौडेलले रोकेपछि संयोजक नचुनिएको तर अहिले बैठकमा आफु उपस्थीत नभएको मौका छोपी ३ महिने कार्यकालको संयोजक चुनिनु आपत्तिपुर्ण रहेको शर्माले बताईन् । ‘अझ ३ महिना पछि अर्को संयोजक भनेर टुंग्याउनु घोर आपत्तिपुर्ण रहेको छ’ उनले भनिन । आफु द्धन्द्ध पिडितको बलमा शान्ति समितिको प्रतिनिधीत्व          गरेको र यस्ता अग्रिम संयोजकलाई कुनै हालतमा नमान्ने उनले     बताईन ।
    बरु कानुनी रुपमा आफु लाग्न परेपनि तयार रहेको बताईन् । ‘भदौको बैठकमा शहिद परिवार गंगा तिवारी,ं स्वं सोमलालले समेत भदौमा संयोजकमा मलाई छोडनुभएको थियो, तर ६(६ महिनामा संयोजक चुनिने सहमति भैरहेको शान्ति समिति पर्वतमा यतिवेला ३ महिनाका लागि संयोजक चुनिने कसरी भयो’ शर्माको प्रश्न छ । ‘३ महिनाका लागि संयोजक चुनिने मात्र होईन आगामी संयोजक समेत तोकिने काम षडयन्त्र पुर्वक नै हो’ उनको ठोकुवा छ । ‘यसले सरासर द्धन्द्ध पिडित एवं महिलालाई अपहेलना गरेको बुझिन्छ’ ।
    यस बैठकमा आफु नभएपनि अघिल्लो भदौको पहिलो हप्तामा बसेको बैठकमा द्धन्द्ध पिडितको तर्फबाट आफु संयोजक हुनुपर्ने जोड रहेको र २०६८ साल देखी नै पटकपटक आफुलाई शान्ति समितिको नेतृत्व दिनुपर्ने दाबा हुँदा हुदै अहिले सम्म पनि बहुमतको आडमा संयोजक नदिएको शर्माले बताईन ।
    संयोजक चयन बहुमत र अल्पमत बनाएर काम गर्ने परिपाटीले बिस्तृत शान्ति सम्झौताको मर्म नबुझ्ने भन्दै अहिलेको संयोजक आफुलाई मान्य नभएको उनको भनाई छ । ‘संयोजक ब्यक्तिसँग आफ्नो विरोध नभएको तर द्धन्द्ध पिडितलाई उपेक्षा गरीएको विषयमा भने मान्य हुँदैन’ उनले भनिन । बैठकको एजेण्डा एउटा भन्ने तर बैठक संयोजक चयनमा बदलिएकोमा  अन्य सदस्यहरु समेत अचम्ममा परेको बताउँदै आएका छन् ।
    यदी पार्टीको तर्फबाट सोमलालाई संयोजक दिइएको हो भने यो दावा आलोपालो पद्धत्तिमा माओवादीको हुनुपर्ने हो तर माओवादी पार्टीले शान्ति सम्झौताको मर्मलाई बुझेर द्धन्द्धपिडितलाई नेतृत्व एवं सहमागिता बनाउनुपर्ने बताउँदै आएको छ । यता शान्ति समिति पर्वतमा प्रतिनिधीत्व भएका केही राजनैतिक दलका प्रतिनिधी र संघसंस्थाका प्रतिनिधीहरुले द्धन्द्ध ब्यवस्थापनको मर्म नबुझेर स्थानीय शान्ति समिति पर्वतलाई विवादको अखडा बनाउने गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पराजुली परिवर्तनले बताए ।
     द्धन्द्धको मर्म र भावना बुझेका द्धन्द्ध पिडित पक्षमाथी संघसंस्था, एनजीयोका लहठमा राजनैतिक दलका शान्ति समितिका प्रतिनिधीहरु समेत नतमस्तक हुने गरेको पराजुलीको भनाई छ । स्थानीय शान्ति समिति पर्वतले द्धन्द्धको भावनालाई सहि विश्लेषण नगर्नु र उनिहरुको मर्म नबुझुनु त छँदैछ, द्धन्द्ध ब्यवस्थापन गरी शान्ति स्थापना गर्नुको सट्टा झन विभिन्न कारणले असान्ती, झगडा र विवादको थलो बन्दै आएको छ । विगतका केही कार्यसम्पादानको विषयमा समेत स्थानीय शान्ति समिति निकै विवादीत बन्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन