२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा लागुऔषध बिक्रीका कारण युवा कुलतमा

१४ मंसिर २०७३, मंगलवार ०८:४९

मङ्सिर १४, बझाङ् । निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो । “औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको समयमा लिएर जानू भने गर्छन् । हामीले पनि महँगोमा आफूलाई चाहेको समयमा नशा लाग्ने खालका औषधि किनेर लिने गरेका छौँ ।” लत बसेका एक व्यतिmले भने, “भनाँै भने साथीहरुले कुट्लान भने डर नभनौँ भने बानी सुधार्न खोेज्दा पनि सकिएन । सुरुमा प्रवेश गर्दा गाँजा खुवाए र पछि सुई दिने र चक्की खुवाउने गरे, यसैगरी दैनिक युवाको जमात बढ्दैछ तर कसैले पनि रोक्ने चासो देखाएका छैनन् । ” 

यस्ता कुलतमा फसेका युवाले घरबाट मागेजति पैसा नपाएपछि गर्जो टार्न चोरीलगायत हिंसाजन्य कार्य गर्ने पनि पाइएको छ । 

यहाँका औषधि पसलमा फोटिम, ओपिडललगायत सात चक्की र सुईमा फिनरागन र डाइजेपामलगायतका पाँच किसिमका औषधि पाइन्छ, भने अन्य कतिपय त्यस्ता औषधि धनगढीबाट औषधि पसलेले आफै ल्याउने गर्दा पनि अनुगमन नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

जिल्ला अस्पतालका डा विष्णु खतिवाडाको भनाइ छ औषधिको गलत सेवनले कुलत बढेको हो । औषधि बिरामीका लागि बनाइएको भए पनि यसको गलत प्रयोगले विकृति फौलिएको उहाँ बताउनुहुन्छ । 

कुलतमा फसेका युवाले दैनिक चैनपुरका गल्लीमा राति चियो बस्ने गरेकामा चिन्ता व्यक्त गर्दै नेपाली काँगे्रसका युवा नेता ज्ञानबहादुर बोहरा भन्नुहुन्छ, राष्ट्र बनाउने युवा यसरी कुलतमा फस्दै जाने हो भने जिल्लाकै अधोगति हुन्छ । 

उहाँ भन्नुहुन्छ “ प्रशासनको कमजोरीले यस्तो भएको भएको हो, पहँुच भएकालाई राजनीतिक दबाबमा छोडिदिदा पनि विकृति बढेको हो ।” 

बाहिरबाट आएका युुवा बढी सक्रीय भएकाले ग्रामीण क्षेत्रमा लागुऔषध, गाँजा, चक्की र सुईजस्ता नशालु प्रदार्थको बिगबिगी बढेको हो रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’