Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 29, 2016 झापा - JP, समाज

झापामा बिधुत महसुल नबुझाउने दुई सय बाउन्न ग्राहक कारबाहीमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १४,  झापा । समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट रु एक करोड १५ लाख ६० हजार बक्यौता उठाउने लक्ष्य राखिएको छ ।

“रु पच्चिस हजारभन्दा बढी कसैको पनि बक्यौता छैन,” सिंहले भन्नुभयो । दुई महिनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उहाँ बताउनुहुन्छ ।

यस्तै प्राधिकरणले विजुली चोर्नेबाट रु पाँच लाख बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले आज शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ । रासस