2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विद्युत चोरी गरीरहेको अवस्थामा एक ब्यक्ति पक्राउ

ताराबहादुर महत/मङ्सिर १४, दोलखा । विद्युत चोरी गरीरहेका एक व्यक्तिलाई दोलखा प्रहरीले पक्राउ गरी नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरिकोटमा बुझाएको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखर घर भई भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा टहरो बनाई बसेका चरिबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । 

हिजो (मंसिर १३) पक्राउ गरी आज प्राधिकरणमा बुझाएकोमा प्राधिकरणले तामाङबाट अभियोग बापत ३ हजार ८ सय ७ रुपिँया जरिवाना अशुल उपर गरी छाडिएको प्रहरीले जनाएको छ । तामाङलाई विद्युत चोरी गरीरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण  दोलखा वितरण केन्द्रका कर्मचारी र जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण गरी राखेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई