2026-09-18 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

चौरजहारीमा अवैध घरेलु मदिरा बरामत गरी नष्ट

ज्ञानु गौतम/मङ्सिर १४, रुकुम । रुकुमको चौरजहारीमा आज घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय चौरजहारीले नगरको बडा नं १ को चौरजहारी अस्पताल र एरपोट वरपर रहेका परल बाट ५० लिटर   अवैध घरेलु मदिरा बरामत  गरी नष्ट गरेको छ ।  प्रहरी नायब निरिक्षक  हरी बंश चौधरी, नगरपालिका  प्रशासण साहय दिपलाल कवर सञ्चारकर्मि सहितको टोलीले अबैध मदिरा बरामत गरी नष्ट  गरेको  हो ।  

यस्तै टोलिले १ लाख मुल्य बराबरको सिल बन्दि मदिरा बरामत गरेको जनाएको छ  यथास्रिघ प्रक्रिया पुराउन अनुरोध समेत गरेको छ । चौरजहारीनगरपालिका विभिन्न बजार क्षेत्रमा अनियन्त्रित रुपमा बिक्रि वितरण भईरहेको मदिरालाई पुर्ण रुपमा बन्द गर्नका लागि प्रहरीले यस्तो कार्यको थालनि गरेको हो । 

प्रहरीको यस कार्यसंगै अब जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्रि बितरण कार्य पुर्ण रुपमा बन्द हुने भएको छ । मदिरा व्यापारका लागि भने बिक्रि बितरण केन्द्रले अब इजाजत पत्र लिएर मात्र मदिरा व्यापार गर्न पाईने प्रहरीले जनाएको छ । 

नगरमा बढ्दै गईराखेको अबैध मदिरा कार्यलाई रोक्न यसअघि कार्तिक २८ गते  इलाका प्रहरीकार्यलयले विभिन्न सरेकारवाला निकाय संग छलफल गरेको थियो ।  उक्त बैठकले घरेलु मदिरा बिक्रि वितरण रोक्नका लागि मंसिर १३ गतेलाई अन्तिम समय तोकेको थियो । 

तर तोकिएको अन्तिम समय सकिंदा पनि  विभिन्न बजार क्षेत्रमा अबैध घरेलु मदिरा व्यापार भईरहेकोले प्रहरी टोलीले अबैध मदिरा बरामत गरेको हो । बजार क्षेत्र र गाउँघरमा अबैध मदिरा व्यापार हुने गरेकोले जिल्लामा विभिन्न प्रकृतिका अपराधजन्य घटनाहरु समेत बढ्ने गरेकाले उक्त अबैध मदिरा व्यापार कार्य रोक्नलाई सो कार्य सुरु गरिएको हो  । 

अबदेखि रुकुमका प्रत्येक गाउँमा पनि घरेलु अबैध मदिरा नष्ट गर्ने र यस कार्यलाई निरन्तरता दिईने जिल्ला प्रहरी कार्यलय रुकुमका प्रहरी प्रमुख अंगुर जिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई