सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको बिजौरीमा भख्खरै हायस पल्टियो, १६ यात्रु घाईते, आठ जनाको अवस्था गम्भीर

१४ मंसिर २०७३, मंगलवार १२:५२

सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा, सोही ठाँउकै ३ वर्षीया वालिका जस्मिन वुढा, रामपुर ९ निवासी ३५ बर्षीय मुगा विक, मानपुर ९ निवासी ६४ बर्षीय खेमवहादुर हमाल, त्रिपुर ११ निवासी ४५ बर्षीय हिमवहादुर जिसी, तुलसीपुर ६ निवासी मोटरसाईकलमा सवार ३५ बर्षीया शोभा हमाल, त्रिपुर ५ निवासी २९ बर्षीया सुनिता खड्का,सल्यानको धनवाङ गाविस वडा नं. ७ निवासी २६ बर्षीय शिशिर गिरी, रुकुम खलाङ्गा ११ निवासी २० बर्षीया कमला वुढा रहेका छन् ।


अन्य सबैको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको भएपनि चारजना मध्ये मुगा बिक, बिकास बिक, भिमबहादुर जिसी र शिशिर गिरीलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते हुने अन्य यात्रुहरुमा रामपुर ९ निवासी ४३ बर्षीया सुन्तली बिक, सोही ठाँउ निवासी १३ बर्षीया सपना सुनार, सोही ठाँउकै ५५ बर्षीया बशन्ती विक, सोही ठाँउकै १८ बर्षीया सरीता विक, सोही ठाँउकै ७ बर्षीय विकास बिक घाईते भएको प्रहरीले बताएको छ ।


त्यस्तै उक्त दुर्घटनामा परि त्रिपुर ११ निवासी ३३ बर्षीया दना केसी,मोटरसाईकल चालक तुलसीपुर ६ निवासी ४५ बर्षीय विक्रमवहादुर हमाल सामान्य घाईते रहेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । मंगलवार दिउँसो तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हायसले एउटै दिशातर्फ जाँदै गरेको रा ३ प २ नम्मरको मोटरसाईकलले वाटो काट्न खोज्दा त्यसलाई जोगाउने क्रममा हायस पल्टिन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए । मंगलवार बेलुका चार बजेतिर विजौरी ५ मैरहवा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि हायसमा सवार १४ जना र मोटरसाईलकमा सवाल थप दुई जना गरि कुल १६ जना घाईते भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । रजनालाई थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको भएपनि अन्य सबै घाईतेको यो खवर तयार पार्दा सम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । मंगलवार विहान तुलसीपुर १२ टरिगाँउमा भएको वस दुर्घटनामा ६ जना यात्रु घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह