मङ्सिर १४, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई यस क्षेत्रको नमुना विश्वविद्यालय बनाउन जोड दिइएको छ । यस क्षेत्रका सांसद तथा सरोकारवालाले लुम्बिनी गुरुयोजना र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई यस क्षेत्रको नमुना विश्वविद्यालय बनाउन जोड दिइएको छ । यस क्षेत्रका सांसद तथा सरोकारवालाले लुम्बिनी गुरुयोजना र"/>
2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन जोड

मङ्सिर १४, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई यस क्षेत्रको नमुना विश्वविद्यालय बनाउन जोड दिइएको छ । यस क्षेत्रका सांसद तथा सरोकारवालाले लुम्बिनी गुरुयोजना र विश्वविद्यालयको विकास एकैसाथ अघि बढाउनुपर्ने बताए ।

बौद्ध शिक्षाको बिषयमा हरेक नेपालीले जानकारी पाउनुपर्ने भन्दै सरोकारवालाले त्यसका लागि विश्वविद्यालयले काम गर्नुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १२ औं स्थापना दिवसको अवसरमा मंगलबार लुम्बिनीमा भएको कार्यक्रममा बोल्दै आपूर्ति मन्त्री दीपक बोहोराले विश्वविद्यालय यो क्षेत्रको गौरव भएको भन्दै यसको विकास र विस्तार देशको आर्थिक समृद्धिसंग जोडिएको बताए । लुम्बिनीमा आउने पर्यटकलाई धेरै समय टिकाउनका लागि जनस्तरमा नै बौद्ध शिक्षाको ज्ञान हुनुपर्ने मन्त्री बोहराको भनाई छ । ‘यसको विकासका लागि के कति सहयोग गर्नुपर्छ त्यो हुन्छ, उनले भने ।

विश्वविद्यालयका लागि देवदहमा ९० विगाहा जग्गाको व्यवस्था गर्न लागिएको भन्दै उनले केही समयमै त्यो प्राप्त हुने बताए । ‘९० बिगाहा जग्गाको स्विकृति भएको छ, बन मन्त्रालयबाट स्विकृत हुनासाथ विश्वविद्यालयले पाउछ, उनले भने–‘विश्वविद्यालयलाई जग्गा दिलाउनका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ ।’

त्यस्तै सांसद इस्तियाक खानले लुम्बिनी आउने पर्यटकलाई कम्तिमा सात दिन बसाल्नुपर्ने बताए । ‘त्यसका लागि विश्वविद्यालयले पनि प्रचारको काम र शिक्षा दिने काम गर्नुपर्छ, उनले भने । यस क्षेत्रलाई एकेडेमिक कोरिडोरको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको उनले बताए । जनस्तरमा बुद्धको बारेमा ज्ञान नहुदासम्म लुम्बिनीको विकासमा कठिनाई आइरहने उनले बताए ।

अर्का सांसद आदित्यनाराण कशौधनले विश्वविद्यालयले बुद्धले जस्तै २९ वर्षपछि विश्वको नमुना विश्वविद्यालयको रुपमा नाम कमाउन सक्ने बताए । विश्वविद्यालयले बुद्ध शिक्षाको बारेमा तथ्यपरक ज्ञान भएको जनशक्ति उत्पादन गर्नुपर्ने बताए । ‘यसको अथाहा सम्भावना छ, त्यसलाई समयमै बुझेर अघि बढ्नुपर्छ, उनले भने ।

अर्का सांसद अतहर कमल मुसलवानले बुद्धिष्ट मुलुकका विद्यार्थीहरुले लुम्बिनी आएर पढ्ने र बुझ्न सक्ने वातावरण यहा सिर्जना हुनुपर्ने बताए । यस क्षेत्रमा मानिसमा बुद्ध शिक्षाका ज्ञान र विदेशीका भाषाको ज्ञान आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयले भाषा कक्षाहरु सञ्चालन गर्नुपर्ने बताए । ‘यस क्षेत्रमा खपत हुने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्नुपर्छ, उनले भने ।

पूर्व सांसद नेत्र पन्थीले विश्वविद्यालयलाई नमुना बनाउनका लागि आंगिक क्याम्पसहरु सञ्चालनमा ल्याउनपर्ने बताए । अन्य क्याम्पसलाई सम्बन्धन दिनुभन्दा आफू बलियो हुने गरी आंगिक क्याम्पस खोल्नुपर्ने उनले बताए । 

कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयलाई धर्म प्रचारको रुपमा नबुझ्न आग्रह गर्दै एकेडेमिक संस्था भएको बताए । प्राचिन, नया र सामान्य विषय गरी तीन चरणमा विषयहरु समेटिएका कक्षाहरु विश्वविद्यालयमा समेटिएको उनले बताए । ‘घर–घरमा बौद्ध अध्ययन भन्ने अभियान बनाएका छौं, हरेक नेपालीले बुद्धको बारेमा बुझ्नु र अरुलाई सामान्य भए पनि बुझाउन सक्नुपर्छ, उनले भने –‘त्यो काम विश्वविद्यालयले गर्नेछ ।’

त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले लुम्बिनी परिसरमा बिहार गुम्बा बनाउने ३८ देशका विद्यार्थीलाई विश्वविद्यालयमा पढाउने गरी योजना निर्माण भएको बताए । थोरै जग्गाका कारण विश्वविद्यालय खुम्चिएको भन्दै उनले देवदहमा नया जमिन पाए नया कार्यक्रम सञ्चालन हुने उनले बताए । अहिले महिला र पुरुष छात्राबास निर्माण भइरहेको भन्दै तत्कालै विदेशी विद्यार्थीलाई पनि पढ्ने अवसर दिइने बताए 

विश्वविद्यालयका डीन डा. भद्ररत्न बज्राचार्यले विद्यावारिधी र स्नातकोत्तर तह अध्ययन भइरहेको विश्वविद्यालयले स्नातक तहमा समेत कक्षा सञ्चालन गरेको बताए । उनले बौद्ध दर्शन भित्रका धेरै पाटोहरुको अध्यापन भइरहेको भन्दै अझै आधुनिक र उपयोगी खालका विषयहरु शुरु हुने बताए । 

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले विश्वविद्यालयले बौद्ध संस्कृति, पर्यटन, पुरातत्वको विषयमा अध्यापन गराउनुपर्ने बताए । सरकारले छुट्टै अनुदान दिएर लुबिबिको विकास गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले विश्वविद्यालयको भविष्य धेरै फाराकिलो भएको भन्दै विदेशी पर्यटक तान्ने केन्द्रका रुपमा बनाउनुपर्नेमा जोड दिए । गौतमबुद्ध बिमानस्थ, विश्वविद्यालय र लुम्बिनी गुरुयोजनाले देशलाई समृद्ध बनाउने उनले दाबि गरे ।

त्यस्तै वरिष्ट पत्रकार वालकृष्ण चापागाईंले लुम्बिनी विश्वविद्यालय चाहेर पनि नहराउने बताए । बुद्ध संचारको ठूला सम्वाहक भएको भन्दै उनले विश्वविद्यालयमा शान्तिवादी सिद्धान्तको विषयमा पनि पाठ्यक्रम बनाउनुपर्ने सुझाव दिए । बुद्धले आधुनिक बाहेकका सबै सञ्चार माध्यमहरु प्रयोग गरेर बौद्ध शिक्षालाई फैलाएको बताए ।

नेपाली कांग्रेसका स्थानीय नेता रामनारायण यादवले घरछेउमै पिएचडी पढ्न पाउनु लुम्बिनीबासीका लागि गौरवको कुरा भएको बताउदै विश्वविद्यालयलाई सार्ने काम गर्न नहुने बताए । स्थानीय समाजसेवी मनमोहन चौधरीले लुम्बिनी क्षेत्रमा प्राथमिक तहदेखि बुद्ध शिक्षा लागू गर्नुपर्ने बताए । 

कार्यक्रम क्याम्पस प्रमुख इन्द्र काफ्लेको सञ्चालनमा भएको थियो । सो अवसरमा निरन्तर सहयोग गर्ने प्राध्यापक डा. गितु गिरी, डा. बसन्त बिडारी सहित उत्कृष्ट विद्यार्थी, कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई