पढ्न करिब 1 मिनेट लाग्छ

भाष्कर केसी/मङ्सिर १४, कञ्चनपुर । २५औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासघं नेपाल सुदुरपश्चिम क्षेत्रिय कार्यालयले कञ्चनपुरमा विभिन्न अपाङ्गमैत्री खेलकुद प्रतियोगिताको आयोजना गरी भव्यताको साथ मनाएको छ ।

‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चत गरौं हाम्रीले चाहेको भविष्य’भन्ने मुलनाराका साथ आयोजना गरिएको खेलकुदमा प्रतियोगितामा शारिरीक आपङ्ग भएकालाई १०० मी. व्ह्ील चियर दौडको आयोजना गरिएको थियो, बहिराहरुको लागि ३०० मी दौडको आयोजना गरिएको थियो भने दृष्टी विहीनको लागि घैटो फुटाउने खेलको आयोजना गरिएको थियो । जसमा १००मी. दौड तर्फ क्रमशः प्रथम, द्वितीय र तित्तिय योगेन्द्र खड्का, चक्र खड्का र अमन चौधरी, त्यसै गरी बहिरा तर्फ भिम खड्का, ओम बस्नेत र खड्क राना छन् भने घैटो फुटाउने खेलमा हेम जोशी विजयी हुन भएको छ ।

उपेन्द्र खडायतको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रमुख मनोहर खनाल हुनु हुन्थ्यो ।