सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पा"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

महिला हिंसा विरुद्ध अभियानमै महिला कार्यलयद्धारा माफि

१५ मंसिर २०७३, बुधबार ०२:१९

सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पाइदैन, महिला कार्यालय चाहिदैन, महिला हिंसा बन्द गर, हत्यारालाई कारवाही गर जस्ता नारा लगाउदै महिलाहरु महिला तथा बालबालिकाको कार्यालय पुगेका थिए ।

घरेलु हिंसामा परेकी विनुले गत भदौ ३१ गते महिला तथा बालबालिका कार्यालयमा मौखिक उजुरी दिएपनि महिला कार्यालयले सम्झाइ बुझाइ मात्र गरेर पठाएको र महिला कार्यालयले महिलाको हक अधिकारको बेवास्त गरेका भन्दै महिलाहरु आन्दोलित भएको बताएका छन् । 

विनुले उजुरी दिएपछि महिला तथा बालबालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भए यो उनलाई बचाउन सकिने आन्दोलनमासंगै रहेका भाइ भद्र बहादुर पुलामीले गुनासो गर्नुभयो ।

महिलाहरुले दिनभरी नारा सहित महिला तथा बालबालिकाको कार्यालयमा धर्ना दिएपछि कार्यालयले लिखित पत्र सहित माफी मागेको छ । महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख तुल्सा अर्यालले विनुले भदौ ३१ गते मौखिक उजुरी ल्याएको र ५ दिनपछि आउन भनि सम्झाइ बुझाई गरेर पठाएको तर उनी पछि कार्यालयमा उजुरी लिएर नआएको बताउनुभयो । 

अर्यालले अबका दिनहरुमा यस्ता घटनामा संवेदनशील भएर काम गर्ने र दोहोरीन नदिनका लागि कार्यालयले सक्रीय भएर काम कारवाही अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यालय मार्फत अर्यालले विनु पुलामीको घटना प्रति दुःख व्यक्त गर्दै धर्ना बसेका महिलाहरु समक्ष लिखित तथा मौखिक रुपमा आम माफी माग्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु