अजयकुमार साह/मङ्सिर १५, उदयपुर । १८ दिनदेखि आमरन अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/मङ्सिर १५, उदयपुर । १८ दिनदेखि आमरन अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् ।

"/>
2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

डा. केसीको समर्थनमा जिल्ला अस्प्ताल उदयपुरमा सेवा ठप्प


अजयकुमार साह/मङ्सिर १५, उदयपुर । १८ दिनदेखि आमरन अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् ।

डा. केसी अनसन बसेको १७ औं दिन वितिसक्दा पनि सम्बन्धीत निकायबाट कुनै ठोस कदम नआएको भन्दै उनीहरुले जिल्ला अस्पताल उदयपुरको इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वस्थ्य सेवा ठप्पा पारेका हुन् ।

डा. केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले त्यसका लागि जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने जनाएका छन् । 

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन लामो समयदेखि प्रयत्नरत त्रिभुवन विश्वविदालय शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.केसीको समर्थनमा उदयपुरको यो पहिलो कदम हो । 

उनीहरुले अहिलेको दशौं पटकको आमरण अनसनमा बसेका डा. केसीप्रति पूर्ण समर्थन र ऐक्याबद्धता जनाएका छन् । 

उनीहरुले सेभ डा. केसी लेखेको प्लेकार्डसहित र्याली गरी डा. केसीको जिवनरक्षा तथा माग पुरा गर्न मागसहित प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई