2026-09-19 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडाबासीले सरकारलाई बुझाए नागरिकता

सम्राट सिंह/मङ्सिर १५, बझाङ । स्थानिय पुन संरचनाको खाका बनाउन थालेदेखी बझाङको काँडा गाविस लाई छुट्टै गाँउपालीका बनाउन  माग राखी संघर्ष गर्दै आएका काँडा वासीहरुले आज आफुले पाएको नेपाली नागरिकता सरकार लाई बुझाएका छन् ।

छुट्टै गाउँ पालिकाको माग राख्दै संघर्षमा उत्रेका काँडाबासीले बुधबारको दिन बजारमा नारा जुलुस गरि काँडा गाविसका ५ सय १५ जनाका नागरिकता स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडा लाई बुझाएका हुन । 

गाँउलेहरुले नौ वटै वडाका नागरिकता जम्मा गरेर एउटा टिनको बाकसमा राखेर स्थानिय विकास अधिकारीलाई बझाएका छन । गाउँलेहरुले नागरिकता बुझाउँदा सरकारले हाम्रो माग सुनुवाई गरेन हामीलाई नागरिता पनि जरुरी छैन भन्दै नागरिता त्यागेको सार्वजनिक गरेका थिए । संर्घषमा आएका काँडावासी र प्रहरी विच जिविसको गेटमा केहिछिन धरपकट समेत भएको थियो ।

पटक पटक हामी भूगोलको हिसावमा नेपालकै ठुलो गाँविस हो त्यहाँ खान बस्न हिड्न शिक्षा स्वास्थ्य संचार केहि सुविधा छैन अलगै गाँउ पालीका चाहियो भन्दै आएका हौ आन्दोलनमा भेटिएकी डोल्मा तामाड्ले बताइन हाम्रो माग पुरा नभए हामी आमन्दोलनमा मर्न समेत तयार रहेको उनको भनाइ छ ।  आन्दोलनमा ६० देखि ९० बर्ष सम्मका बृद्धदेखी महिला बालबालीकाहरु समेत आएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिता बुझाउन गएका उनिहरु लाई प्रमुख जिल्ला अधिकारीले यो समस्या तपाईको गाँउ पालीका सम्वन्धी भएकाले पुन संरचना प्राविधिक समिति कहाँ सुनाउनु भनेपछि समितिका संयोजक स्थानिय विकास अधिकारी कहाँ आएको काँडाका शेर बहादुर बोहोराले बताए ।

छुट्टै गाँउ पालीका नभए सम्म कडा सर्घषका कार्यक्रम राखेको उनिहरुले आजै देखी काँडामा रहेको गाविस बन्द गरेर कर्मचारी लाई घर फिर्ता गरि दिने धुलीमा रहेको सिमा प्रहरी चौकीका प्रहरी लाई पनि घर फिर्ता गराउने जिविसमा ताला बन्द गर्ने र अन्तमा सशत्र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पुन संरचना प्राविधिक समितिका संयोजक स्थानिय विकास अधिकारी राजनितिदलको गुलाम जस्तै गएका छन् काँडाका  रण बहादुर बोहराले भने नेपाली काँग्रेस नेकपा एमालेका जिल्ला स्थित नेताहरुका कारण काँडा गाँउपालीका हुन सकेको छैन । 

सुरुमा ८ गाँउपालीकाको संख्या आएको बझाङमा पछि सवै ठाँउवाट थप्ने माग गरेपछि ईलाका लाई आधार मानेर गाँउ पालीका भए काँडा थपिन्छ राज्य पुन संरचना आयोगका संयोजक बालानन्द पौड्लले समेत भनेको वताउदै रण बहादुरले भने  तर ११ मा काँडा नपर्नु नेताहरुको दोष छ ।   

उनिहरुले पछि थपिएको सुर्मा दौलीचौर राजनितिक पहुँचका आधारमा थपिएको समेत आरोप लगाएका छन् । छ सात दिन हिडेर आएका काँडावासीहरुको एक टोली यसकै दवाव दिन काठमाण्डौ गएको छ भने अन्य जिल्ला सदरमुकाम बसेर आन्दोलन गरि रहेका छन् ।

यता पुर्न संरचना प्राविधिक समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी प्रमोद सिम्खडाले भने पुर्नः संरचना सम्बन्धि पटक पटक जिल्लाका राजनितिक दलको बैठक बसी छलफल समन्मय भएर आयोगमा पठाएको हो । 

अहिले काँडाबासीले नागरिकता फिर्ता बुझाउने सम्मका आन्दोलनका चरणहरु घोषणा गरेको हुँदा भोली बैठक बसेर थल छलफल गरिने उनको भनाइ छ ।  

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई