2026-09-18 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सीसीटिभी निगरानीमा बेनीबजार

मङ्सिर १५, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाका लागि सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ म्याग्दीको पहलमा रु १५ लाखको लागतमा बेनी बजारका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न सुरु गरिएको हो । 

बजारको निगरानीका लागि विभिन्न १६ स्थानमा सीसीटिभी राखिने भएको छ । जसमध्ये अहिलेसम्म आठवटा सीसीटिभी राखिएको छ भने बाँकी आठवटा पनि जडान गर्ने तयारी भइरहेको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । 

बजारमा घट्ने आपराधिक क्रियाकलापको न्यूनीकरण गर्नमा सहयोग पुरियाउने उद्देश्यले कालिपुल, क्याम्पसचोक, न्युरोड, बालमन्दिर चोक, सहिद स्मृतिचोक र सङ्गमचोक क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकिएको छ भने बाँकी अन्य मुख्य बजार क्षेत्रका चोकमा जडान गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

परीक्षणका रुपमा सीसीटिभी जडान गरिएका ठाउँमा मनिटरमार्फत निगरानी गर्न सुरु गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । 

जडान गरिएको सीसीटिभीको फुटेज प्रहरी कार्यालयकै मनिटरमा देखिने व्यवस्था मिलाइएको प्रनाउ खड्काले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई