२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप केन्द्रबाट १ सय ६१ विवाद समाधान

१५ मंसिर २०७३, बुधबार १०:१२

ताराबहादुर महत/मङ्सिर १५, दोलखा । सामुदायिक मेलमिलाप केन्द्र मार्फत दोलखा जिल्लामा १ सय ६१ वटा विवाद समाधान भएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसिटीसी), नेपाल दोलखाले जनाएको छ । 

चरिकोटमा आज आयोजित सामुदायिक मेलमिलाप सम्बन्धि जिल्लास्तरिय दोश्रो अनुभव आदानप्रदान कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम संयोजक ताराबहादुर महतले जिल्लाका विभिन्न मेलमिलाप केन्द्रमा गत कार्तिक महिनासम्म देवानी प्रकृतिका १ सय ८० वटा विवाद दर्ता भएकोमा १ सय ६१ वटा विवाद समाधान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ४४ वटा गाविसमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ भने बाँकी गाविस नगरपालिकामा पनि निकट भविष्यमै केन्द्र स्थापनाको तयारी गरिएको छ । 

गत बर्ष सन् २०१५ को सेप्टेम्बरबाट एनआरसिटीसी नेपालद्वारा स्थानिय निकायको सहकार्यमा दोलखामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत विभिन्न गाविसमा स्थापना भएका मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले विवाद समाधान गर्ने गरेका छन । संस्थाले प्रत्यक गाविसको ६ जना र नगरपालिकाको १२ जनाका दरले हालसम्म ३ सय जनालाई मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम प्रदान गरेको जनाईएको छ । 

सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत गठित जिल्लास्तरिय संवाद समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला अदालतका न्यायाधिश लालकाजी श्रेष्ठले मेलमिलापबाट विवाद समाधान गर्न सकेमा सम्पुर्ण समुदायलाई लाभ हुने भन्दै मेलमिलापको महत्वबारे आम नागरिकलाई सचेतना फैलाउनुपर्ने बताउनुभयो । त्यसैगरी संवाद समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले मेलमिलाप केन्द्रले सामान्य प्रकृतिका विवाद स्थानिय तहमै समाधान गर्न सकेमा अन्य निकायलाई पनि सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा एमाले दोलखाका उपसचिव डबल पाण्डे, नेपाली काङ्ग्रेस प्रतिनिधि उर्मिला कार्की, राप्रपा दोलखाका अध्यक्ष बलबहादुर तामाङ, नयाँ शक्ति नेपाल दोलखाका सचिव सन्तोष राउत, प्रहरी निरिक्षक ललनप्रसाद कुर्मी, जिल्ला बाल कल्याण समिति सदस्य इश्वर बहादुर थापा, मानवअधिकार एलायन्सका कुमार लगुन, गैर सरकारी संस्था महासंघ दोलखाका सचिव दिलबहादुर के.सी, भिमेश्वर नगरपालिकाका प्रतिनिधि भिमबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ दोलखाकी अध्यक्ष कमला बस्नेत जिल्लास्थित विभिन्न सञ्चारमा कार्यरत पत्रकार, नागरिक समाज, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक