मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिप"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो पार्टीमा कोही टोपबहादुर सोपबहादुरको विरोध छैन: मन्त्री नायक

१५ मंसिर २०७३, बुधबार १०:५१


मङ्सिर १५, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले साढे तीन महिना मेहनत गरेर ल्याएको प्रस्ताव हो, यो कुनै रातारात ल्याईएको प्रस्ताव होईन, यसमा कुनै सत्यता छैन् ।’

आयोजित साक्षात्कारमा मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको संशोधन प्रस्तावमा विरोध गर्ने कुनै ठाउँ नै नरहेको समेत दाबी गरे । मन्त्री नायकले थपे,‘एमालेले कुन धरातलमा उभिएर यसको विरोध गरेको छ, मलाई त आश्चर्य लागेको छ ।’

उनले काँग्रेसका तत्कालिन सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव बमोजिम नै अहिलेको सरकारले सिमांकन सम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै थपे,‘कि त ओलीजीले भन्न सक्नुपर्छ, हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो भनेर ? होईन भने साम्प्रादायिक नारा दिएर के फाईदा हुन्छ ?’

मन्त्री नायकले सिमांकनको विवाद समाधानको लागि संघीय आयोग बनाउने कुरा भैरहेको सन्दर्भमा यसरी साम्प्रादायिक नारा दिएर मुलुकको समस्याको समाधान हुने भन्दापनि झन समस्या बढ्ने चिन्ता व्यक्त गरे । उनले मधेशमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउनेजस्ता कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने गुनासो पोखे ।

उनले संविधान संशोधन प्रस्ताव ल्याउनुभन्दा पहिले एमालेले नागरिकताको विषयमा बढि विरोध गर्ने गरेको भएपनि अहिले संशोधन प्रस्तावमा विरोधको कुनै ठाउँ नदेखेर जनता भड्काउन तराई र पहाडको कुरा गरिरहेको आरोप लगाए । उनले थपे,‘एमालेसँग अहिले विरोध गर्नको लागि अरु कुनै नारा नै छैन ।’

उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि संविधानको पहिलो संशोधनको लागि एमालेले अग्रणी भूमिका खेलेको भनेर एमाले सचिव प्रदिप ज्ञवालीले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै भने,‘एमालेले त्यतिकै दिएको हो र ? त्यसको लागि आन्दोलन भएन र ? हामीले भीख माँगेर उहाँहरुले दिनुभएको र, त्यसैले धाक लगाएर कुरा नगरे हुन्छ ?’

उनले संविधान कार्यान्वयनको लागि पनि मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्ने आवश्यकत्ता भएको उल्लेख गर्दै त्यसलाई सबै दलहरुले महशुस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । चुनाव सबै दलहरुको लागि साझा मिलनविन्दु भएकोले एमाले नेतृत्वले पनि सोही अनुरुपको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । मन्त्री नायकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वदायी भूमिकाबाट पन्छिन नमिल्ने बताए ।

उनले संविधान संशोधन प्रस्तावलाई लिएर माओवादी केन्द्रकै नेताहरुको असन्तुष्टी छ भनेर बाहिर हल्ला भएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । मन्त्री नायकले थपे,‘हाम्रो पार्टीमा कुनै विवाद छैन, कोही टोपबहादुर सोपबहादुरको विरोध छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु