मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन विधेयकको विरोधमा काठमाडौँमा प्रदर्शन

१५ मंसिर २०७३, बुधबार १३:२३


मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

उनीहरुले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको र संशोधनले देश टुक्र्याउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा संशोधन विधेयक फिर्ताको माग गर्दै नाराबाजीसहित प्रस्तावित विधेयक जलाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घका अध्यक्ष राजीव पहारीले सरकारले विदेशीको इसारामा संशोधन विधेयक दर्ता गराएको भन्दै फिर्ता गर्नुपर्ने माग गरे । 

उनले अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राष्ट्रघात गर्न थालेको बताए । 

तस्बिर: नागरिकन्युज 

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संविधान संशोधन विधेयकले देश टुक्र्याउन थालेको भन्दै विधेयकका विरुद्ध सबै राष्ट्रवादी एकजुट हुन आग्रह गरे । उनले सरकारले संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने  बताए । 

प्रदर्शनकारीले विरोधका क्रममा सरकारी बा१झ ८११३ नम्बरको गाडीको सिसा फुटाएका छन् । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य