पर्वत । पर्वतको डिमुवामा बुधबार देखि एक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा सुभारम्भ गरेको छ । जिल्लाको दोश्रो व्यापारिक केन्द्रका रुपमा रहेका तिलाहार, चित्रे, देउपुर, देउराली, बाजुङ, क्याङ, लेस्पार, राम्जा देउरालीको क्षेत्रलाई लक्षित गरी डिमुवा बजारमा ख्याजु क्लीनिकले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको डिमुवामा बुधबार देखि एक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा सुभारम्भ गरेको छ । जिल्लाको दोश्रो व्यापारिक केन्द्रका रुपमा रहेका तिलाहार, चित्रे, देउपुर, देउराली, बाजुङ, क्याङ, लेस्पार, राम्जा देउरालीको क्षेत्रलाई लक्षित गरी डिमुवा बजारमा ख्याजु क्लीनिकले "/>
2026-09-20 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

होसो नेपालद्धारा ख्वांजु डिमुवामा क्लीनिक संचालन

पर्वत । पर्वतको डिमुवामा बुधबार देखि एक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा सुभारम्भ गरेको छ । जिल्लाको दोश्रो व्यापारिक केन्द्रका रुपमा रहेका तिलाहार, चित्रे, देउपुर, देउराली, बाजुङ, क्याङ, लेस्पार, राम्जा देउरालीको क्षेत्रलाई लक्षित गरी डिमुवा बजारमा ख्याजु क्लीनिकले  आफ्नो सेवा शुरु गरेको हो । होसो नेपालद्वारा संचालित उक्त क्लिनिकको क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका छन् ।
क्लिनिकको उद्घाटन गर्दै सांसद जोशीले ग्रामीण भेगका जनतालाई लक्षित गरी होसो नेपालले उपलब्ध गराउन लागेको स्वास्थ्य सेवा जनताको खुसिको कुरा भएको बताए । उनले जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र भएर पनि उपचार तथा अन्य सेवा सुविधा लिनको लागि कुश्मा बजार वा पोखरा जानुपर्ने बाध्यता रहेको  बताउँदै अबका दिनमा सहज हुने बताए ।
ज्ञसो कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह कार्की, अञ्चल प्रहरी प्रमुख एआइजी सुरेन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, प्रहरी नायव उपरीक्षक शेखर खनाल, नेकपा एमाले संघीय मामिला विभागका केन्द्रीय सदस्य मेघनाथ सुवेदी, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, स्थानीय विकास अधिकारी युवराज पौडेल, नेकपा एमाले पर्वतका पार्टी सचिव पदमपाणि शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, कोरियन डाक्टर तथा प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।
होसो नेपालका अध्यक्ष रुद्र शर्माको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको संचालन उपाध्यक्ष निलकण्ठ तिवारीले गरेका थिए । होसो नेपालका अध्यक्ष रुद्र शर्माको पहलमा संचालनमा ल्याइएको उक्त क्लिनिकबाट भिडियो एक्सरे, ईसिजी, रगत परीक्षण लगायतका सेवाहरु निःशुल्क उपलब्ध गराइने जनाइएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो