पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० "/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वर क्याम्पसका गैरजिम्मेवारी कर्मचारीको सजाय भोग्दै प्रियंका

२०७३, १६ मंसिर बिहीबार ०५:०४

 पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० कक्षा पास मात्र रहेको चर्चा सेलाउन नपाउँदै प्रशासनका कर्मचारी पनि एसएलसी पासमा मात्रै सिमिति छन् कि भन्ने भान हुन थालेको छ । क्याम्पसका लेखापाल र परिक्षा शाखाका कर्मचारीको कमजोरी र उनीहरुको नालायकीपनका कारण एक विद्यार्थीको पढाईमा प्रश्न चिन्ह उठेको छ । गुप्तेश्वर बहुमुखि क्याम्पसका लेखापाल इश्वरी आचार्य र परिक्षा शाखाका बासु आचार्यको गैरजिम्मेवारी र नालायकपनका कारण कुनपा १७ सिल्मीकी प्रियंका अधिकारीको पढाइ अब कता जाने भन्ने बारेमा अनिश्चित बनेको छ । लेखापाल र परीक्षा शाखाका कर्मचारीको गैरजिम्मेवारी पनका कारण अब नयाँ  व्यवस्थापन कार्य समितिको मात्र नभइ उनीहरुको पनि शैक्षिक योग्यता छानविन गर्नुपर्ने माग हुने पक्का छ ।

 पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पस प्रशासनको फितलो कार्यले गर्दा एक विद्यार्थीको पठाइमा प्रश्न चिन्ह  उभिएको छ । कुनपा १७ कि प्रियंका अधिकारी गत बर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा शिक्षा संकायमा भर्ना भइन । नियमित कक्षामा पनि गइन र उनले परीक्षा फिस, रजिश्टेशन फर्म सवै भरिन् । परिक्षा दिने बेलामा उनको परीक्षा प्रेवश कार्ड आएन । नआएपछि उनी बञ्चित हुने स्थीतिमा पुगिन । गाउँदेखि उच्च शिक्षा हासिल गर्न आएकी उनले प्रवेश कार्ड नभएपछि परीक्षा दिन नपाउने निश्चित भयो । क्याम्पस प्रशासनले आफुहरुले मिलाउने भन्दै उनलाई छुट्टै प्रवेश कार्ड र नब्बर बनाएर परीक्षा दिन लगाए र उनले पनि सरासर परिक्षा दिइन । जब दोस्रो बर्षको कक्षा शुरु भयो तब क्याम्पस प्रमुखले उनलाई पहिलो बर्षमानै बसेर पढ्न भनेपछि उनी यतिबेला चिन्तित भएकी छिन् ।

क्याम्पस प्रमुख रामजी सु्वेदीले पहिलो बर्षमा नै बसेर पढ, तिम्रो रिजेल्ट नआउने भयो बरु पहिलो बर्ष निशुल्क पढाइदिन्छौ भने उनले रुदै भनिन् । एक बर्षभरी मेहनत गरेर पढे, परीक्षा पनि दिए तर अहिले दोस्रो बर्ष पढ्न जाँदा आफ्ुलाई पहिलो बर्षमानै बसेर पढ भनेर सरले भन्नुभयो अब म के गरु  अधिकारीले भनिन् । मैले विद्यालयमा बुझाउनुपर्ने परीक्षा शुल्क, भर्ना शुल्क र नियमिति शुल्क पनि तिरेको छु तर मेरो प्रवेश पत्र किन आएन, यसमा मेरो के दोष ? त्यसमापनि हामी मिलाउँछौ जसरी भएपनि भन्दै परीक्षा दिन लगाए र दिए पनि तर अहिले दोस्रो बर्षमा पढ्न जाँदा पहिलो बर्षमानै बस भने, गल्ती प्रशासनले गर्ने त्यसको सजायको भागेदारी मलाई बनाउने उनले रुदै भनिन् ।

गत बर्षको शिक्षा संकाय मात्र १४ जना विद्यार्थीमात्रै अध्ययनरत भएता पनि क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनले गर्दा उनलाई यो समस्या पैदा भएको हो । धेरै विद्यार्थी भएको भए पनि क्रुटि भयो भन्न सकिन्छ तर १४ जना विद्यार्थीमा पनि कसरी क्रुटि ह्ुन सक्छ यो सरासर क्याम्पसका कर्मचारीको गैरजिम्मेवारीपन र जवाफदेहिता नभएकोले भएको हो प्रिंयकाकी दिदी चन्द्रा रिमाल बताउँछिन् ।

 क्याम्पसका क्याम्पस प्रमुख रामजी सुवेदीले क्याम्पसबाट गल्ती भएको स्वीकार गरेका छन् । लेखापाल इश्वरी आचार्य र परिक्षा शाखाका बासु आचार्यले उनको प्रवेश कार्डको शुल्क टियूमा पुगेका बताए । मैले उनको कार्ड नआएपछि मिलाउनको लागि उनलाई परीक्षा दिन पनि लगाए तर  पछि क्याम्पसबाट प्रवेश कार्डको लागि आवश्यक रकम माथि पुगेको रहेन्छ जसका कारण उनको कार्ड रोकिएछ  सुवेदीले भने । पछि धेरै प्रयास गर्दा पनि उनको कार्ड आउन निश्चित देखिएन त्यसैले उनलाई पहिलो बर्षबाटनै पढ भनेको हुँ सुवेदीले भने ।
क्याम्पसबाट उनीमाथि ठूलो अन्याय भएको बताउँदै सुवेदीले त्यसको लागि आफुले उनलाई निशुल्क व्याचलर पुरा नभएसम्म पढाउने जिम्मा लिने बताए  । क्याम्पसको गल्तीको सजाय विद्यार्थीले हैन क्याम्पसलेनै भोग्नुपर्छ त्यसैले उनको स्नातक तह पुरा नभएसम्म निशुल्क पठाउने व्यवस्था मिलाउने छु क्याम्पस प्रमुख स्ुवेदीले भने । उनको एडमिशन कार्ड मिलाउने कोसिस गर्दा पनि नसकिएकाले अब क्याम्पस प्रशासनले उनलाई निशुल्क पढाउने व्यवस्था गर्न जरुरी रहेको औलाए । नियमित तर्फबाट अध्ययन गरेकी अधिकारीको व्याचल पुरा नभएसम्मको जिम्मा क्याम्पस प्रशासनले लिनेछ त्यसको लागि उनले माग गर्नुपर्छ म पहल गर्ने छु उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन