मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार"/>

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देही टि–२० क्रिकेट, न्यू होराईजन उच्च माबि च्याम्पीयन


मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । 

बिहीबार पडसरी गाबिसको कर्मडाडा स्थित खेल मैदानमा सम्पन्न फाईनलमा दुगौ शैक्षिक माबिलाई ७ विकेटले हराउदै न्यू होराईजनले उपाधी सहीत २० हजार रुपैया राशी पुरस्कार प्राप्त गरेको छ । उप बिजेता दुर्गा शैक्षिकले १० हजार रुपैया पुरस्कार प्राप्त गरयो । 

जितका लागी दुर्गा शैक्षिक माबिबाट पाएको ६३ रनको सामान्य  योगफल लाई न्यू होराईजनले १२ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्दै  बिजेता बनेको हो । न्यू होराईजनको जितमा बिशाल भन्डारी र सन्दीप पाण्डेले आउट नभई समान १९ । १९ रन बनाए भने कुशल मल्लले १४ रनको योगदान दिएका थिए । 

दुर्गा शैक्षिकका सुनिल बस्नेतले २ र मनिश गुरुंगले एक विकेट लिएका थिए । यस अघि टस जितेर ब्याटिंग रोजेको दुर्गा शैक्षिकले ६२ रनमा सबै विकेट गुमायो । रोहित सापकोटाले  २३ बाहेक अरु कसैले दोहोरो अंकको योगफल खडा गर्न सकेनन् ।

न्यू होराईजनका लागी म्यान अफ द म्याच प्रकाश गिरीले ४, सुरज श्रेष्ठले २ तथा कुशल मल्ल, योगेश ज्ञवाली र सन्दीप पाण्डेले एक एक विकेट लिए । 

प्रतियोगितामा म्यान अफ द सिरीज  तथा उत्कृष्ट ब्याट्सम्यान न्यू होराईजनका कुशल मल्ल र बिशाल खत्री एबं उत्कृष्ट बलर  प्यारामाउन्ट उच्च माबिका उमेश पाण्डेृ घोषित भई पुरस्कृत भए ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथी रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, न्यू होराईजन उच्च माबिका प्राचार्य लोकनाथ उपाध्याय, सहायक प्राचार्य बासुदेब अर्याल, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल , प्रतियोगिता संयोजक शक्ती गौचन लगायतले ट्रफी, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  

प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १५ बिद्यालयको सहभागिता रहेको थियो । 

तश्विरमा: बिजेता टिमका खेलाडी, अतिथी तथा आयोजक सामुहिक तस्बिरमा |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई