2026-09-19 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

आफ्नै छोराको हत्या गर्नेलाई आजीवन कारावास

मङ्सिर १७, जाजरकोट । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । 

भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो । जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् । 

पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । 

उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई