2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

टुकुचे र कोवाङलाई छुट्टै गाउँपालिका बनाउन आन्दोलन

मङ्सिर १७, मुस्ताङ । मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आफूहरुलाई कुनै जानकारी नदिई दुई गाविसलाई थासाङ गाउँपालिकामा समावेश गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । लामो समयदेखि दुई गाविसलाई एक गाउँपालिकामा समावेश गर्न माग गर्दै ज्ञापन बुझाइए पनि सहयोग समितिले आफूहरुको माग सुनुवाइ नगरेको स्थानीयवासीको गुनासो छ । 

दुई गाविसका स्थानीयवासीले कोबाङ र सदरमुकाममा निरन्तर प्रदर्शन गर्दै आएका छन् । दुई गाविसका स्थानीयवासीले बिहीबार जिल्लामा तीनघन्टा यातायात बन्द गरेका थिए भने बन्द जोमसोम विमानस्थलमा टायर बालेर प्रदर्शन गरेका थिए । स्थानीय अगुवा हेमन्त गौचनले ऐतिहासिक निरन्तरता, भौगोलिक सुगमता र जनसङ्ख्याको हिसाबमा दुई गाविसलाई मिलाएर गाउँपालिका बनाइनुपर्ने बताउनुभयो । 

“हामीलाई लेते केन्द्र धेरै टाढा हुन्छ । यो विषयमा हामीले निरन्तर खबरदारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । दुई गाविसमा थकाली समुदायको जनसङ्ख्या धेरै रहेको छ । 

स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले स्थानीयवासीको मागका विषयमा आयोगमा जानकारी गराइएको बताउनुभयो । “सुरुमा उहाँहरुको मागका विषयमा हामीलाई खासै जानकारी भएन । अहिले सबै कुरा आयोगमा पठाएका छौँ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल