१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अभिमुखीकरण कार्यक्रम दोभानमा सम्पन्न

१७ मंसिर २०७३, शुक्रबार १३:१२

मङ्सिर १७, रुपन्देही । चुरे संरक्षण बालक्लवका अध्यक्षहरुका लागि चुरे संरक्षण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम शुक्रवार दोभानमा सम्पन्न भएको छ । 

सो कार्यक्रमका प्रमुख अतिथि झुम्सा ईलाका वन कार्यालय,दोभानका सहायक वन अधिकृत चन्द्र बहादुर भाटले विद्यार्थीलाई सानै उमेरदेखि चुरे संरक्षण बालक्लवका माध्यमबाट चुरे संरक्षण सम्बन्धी ज्ञान दिई व्यवहारमा उतार्न पहल गरेकोमा सामुदायिक वन समन्वय समिति,दोभानलाई धन्यवाद् दिए । साथै उनले विद्यालयलाई वातावरणमैत्री बनाउनका लागि विद्यार्थीले सानैदेखि वृक्षरोपण,रोपिएको विरुवालाई मलजल,गोडमेल गरी हरित् विद्यालय कार्यक्रमलाई सघाउन समेत अपील गरे । 

अभिमुखीकरण कार्यक्रममा सामुदायिक वन समन्वय समिति,दोभानका अध्यक्ष राजेश श्रेष्ठले चुरे संरक्षण बालक्वलहरुले खेल्नु पर्ने भूमिका,क्लव सञ्चालन प्रक्रिया र विद्यालयमा गठित चुरे संरक्षण बालक्लवलाई विद्यालय प्रशासनले गर्नुपर्ने सहयोगका सन्दर्भमा प्रकाश पारे । 

सोही कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमका जिल्ला संयोजक दल बहादुर गुरुङले विद्यालय तहदेखि नै चुरेका बारेमा जानकारी दिदै चुरे संरक्षणको अभियानमा हातेमालो गर्नका लागि चुरे संरक्षण बालक्लव विद्यालयमा गठन गरी सक्रियरुपमा सञ्चालन गर्नु परेको बताए । 

विद्यार्थीका माध्यमबाट चुरे संरक्षणमा टेवा पुग्ने उनको तर्क थियो ।  

सो अभिमुखीकरण कार्यक्रममा दोभान,कचल,कोल्डाँडा गाविसमा रहेका ८ वटा विद्यालयमा गठित चुरे संरक्षण बालक्mलवका अध्यक्षहरुको सार्थक सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु