प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बालबिवाह बिरुद्ध बालिका सम्मेलन डोटीमा शुरु

१८ मंसिर २०७३, शनिबार ०२:४१


प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानको अबसरमा शुक्रबार एक औपचारीका कार्यक्रमका बिच सिलगढीमा सम्मेलनको उद्धघाटन गरीएको हो ।

उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै जिल्ला नायधिस नर नारायण पौडेले बाल बिवाहका मुद्धा जिल्लामा खासै नआएको बताए । मुद्धा नआए पनि वाल बिबाह न्युनिकरणका लागि सबैले लाग्नु पर्ने न्यायधिस पौडेलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले यस्ता कार्यक्रम सदरमुकाम मुखि नभएर गाउँ मुखि हुनु पर्नेमा जोड दिएका थिए । बाल बिबाह बिरुद्धका घटनालाई  अब कसैले प्रसय दिन खाजे स्वयम ब्यक्ति नै कानुनको दायरामा फस्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सोहि कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी कृष्ण प्रसाद गौतमले बाल बिवाह हुनु नै प्रगतिको मुख्य बाधक भएको बताए । 

वालिका सम्मेलनले बालविबाह न्यूनिकरण गर्नका लागि केहि सहयोग पुग्ने महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष मिन बमले बाल बिवाह घटनाहरु बाहिर आए पनि सम्बन्धित निकायले दर्ता नगरी मिलोमतो गरेर पठाउने गरेको गुनासो पोख्नु भयो । 


महिला तथा बालबालिका बिभाग सँगको सहकार्यमा हाल नेपालका दुई जिल्ला कपिलवस्तु र डोटीमा यो कार्यक्रमम भएकाले यसले वाल बिबाह निर्मुल गर्न यस जिल्लालाई ठुलो मदत पुग्ने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । 

‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ शुक्रबार देखि शुरु गरीएको सम्मेलन तिन दिनसम्म जिल्लाको सदरमुकाम सिलगढीमा चल्ने छ । सम्मेलनको अबसरमा जिल्लामा सडक नाटक,फुटबल, कबिता,साँस्कृतिक कार्यक्रम,बाल विवाह बिरुद्धको वृतचित्र प्रर्दशनि लगाएका कार्यक्रमहरु गरीने आयोजकले जनाएको छ ।

महिला तथा बालबालिका कार्यलय डोटीको आयोजना, सामुदायिक विकास केन्द्र र युवालयको समन्वय तथा युनिसेफ,युके आईडिको सहयोग तथा बिभिन्न दातृ निकायहरुको सहयोगमा  सम्मेलन शुरु गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान